८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

विद्या र आरजुको प्रभु साहले तारिक तथा ओली र देउवाको किन गरे आलोचना ?

विद्या र आरजुको प्रभु साहले तारिक तथा ओली र देउवाको किन गरे आलोचना ?
अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पुर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपि शर्मा ओली र पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा असफल र असक्षम भएको टिप्पणी गरेका छन् । ओली र देउवाभन्दा पुर्वराष्ट्रपती बिद्या भण्डारी र अहिलेका परराष्ट्र मन्त्री आरजु देउवा राणा सफल भएको उनले बताए ।

११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज काठमाडौंको अनामनगरमा आयोजित आजपा निकटको आम महिला मोर्चा बागमती प्रदेशको प्रथम प्रदेश भेलालाई सम्बोधन गर्दै उनले ओली र देउवाको आलोचना गर्दै भण्डारी र आरजुको तारिफ गरे ।

‘देश र जनताको नेतृत्व गर्नसक्ने एक सफल महिला हो बिद्या भण्डारी । पुर्वराष्ट्रपती बिद्या भण्डारी केपी शर्मा ओलीभन्दा राम्रो देशको शासन सत्ता, पार्टीको नेतृत्व गर्नसक्ने सफल महिला हो’, आजपा अध्यक्ष साहले भने, ‘अहिले तपाईं हेर्दै हुनुहुन्छ, परराष्ट्र मन्त्री आरजु देउवा राणा देशबिदेशसंग राम्रो सम्बन्ध बनाउन लाग्नु भएको छ । उहाँले शेरबहादुर देउवाभन्दा राम्रोसंग देश र पार्टीको नेतृत्व गर्न सक्ने सफल महिला नेता हुनुहुन्छ ।’

ओली जहाँ जादा पनि बिरोध र आलोचना भैइरहेको बताउदै उनले देश र पार्टी संचालन गर्नमा असफल भएको बताए । यस्तै देउवाबाट समेत पार्टी वा सरकार संचालन राम्रोसँग हुननसक्ने बताउदै उनले महिलाले अवसर पाए राम्रोसँग देश वा पार्टी सन्चालन गर्न सक्ने बताए ।

महिला नेतृहरु शैलेजा आचार्य, साहना प्रधान, योगमाया लगायतको नामै लिएर उनले आफ्नो समयमा राम्रो र उदहरणीय काम गरेकोमा उनले उच्चसम्मान व्यक्त गरे । तर अहिलेको नेताहरु केवल लुट, भ्रष्टाचार सहित बिभिन्न काण्डमा लागेर देश र जनताको चाहना पुरा गर्न नसकेको आरोप साहले लगाए ।

प्रधानमन्त्री ओलीले अहिलेको संविधान अनुसार प्रधानमन्त्री भए पनि संविधानको उल्लंघन गरेको गम्भिर आरोप उनले लगाए । संविधान अनुसार ३३ प्रतिशत हरेक क्षेत्रमा महिलाले अधिकार र सहभागिता पाउनुपर्ने भए पनि संविधान अनुसार कार्यान्वयन नगरी सरकारले उल्लंघन गरेको आरोप उनले लगाए ।

‘अहिलेको मन्त्रिपरिषददेखी राजनीतिक नियुक्ति, राजदुत नियुक्ति, सहित सरकारद्धारा हुने बिभिन्न नियुक्तिमा सरकारले संविधानको उल्लंघन गरेको छ । हालै सचिवमा बढुवा हुनुपर्ने एक नम्बरमा रहेकी महिलालाई स्वास्थ्य मन्त्रालयमा सचिव बनाईएन । ३३ प्रतिशत हरेक क्षेत्रमा महिलाको सहभागिता हुनपर्ने भए पनि त्यो कार्यान्वयन सरकारले गरेको छैन्’, आजपा अध्यक्ष साहले भने, ‘५१ प्रतिशत भन्दा बढी जनसंख्या रहेको महिलाको सहभागिता संविधानमा ३३ प्रतिशत भनेर राखे । यो आफैमा अन्याय हो, म संविधान सभाको सदस्य थिए, अन्याय भयो भनेर म विरोध पनि गरे । तर ५१ प्रतिशत दिनुपर्नेमा अहिले सरकारले ३३ प्रतिशत समेत अधिकार दिएको छैन् ।’

सरकारकै कारण अहिले मुलुकमा आर्थिक संकट आएको उनले बताए । दलतन्त्रका कारण मुलक दलदलमा फस्दै गईरहेको बताउदै उनले नेताहरु भ्रष्टाचारमा लागेकाले मुलुक समृद्ध हुन नसकेको बताए । युवाहरु देशबाट पलायन भईरहेको बताउदै उनले नेपाललाई समृद्ध बनाउँन सकिने सबैथोक रहेको बताए । तर त्यसका लागि नेता ईमानदार हुनुपर्ने साहको भनाई रहेको छ । मौलापुर नगरपालिकामा हरेक किसिमको कर फ्रि रहेको बताउदै उनले नेपाललाई समेत समृद्ध बनाउन सकिने बताए ।

आम महिला मोर्चा बागमती प्रदेशका इन्चार्ज देवकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, महासचिव त्रिभुवन साह अमर, उपमहासचिव धनकुमारी मगर, सचिव देवी पण्डित, सचिव नारायण पाण्डे, स्थायी कमिटीका सदस्यहरु श्रीभगवान पटेल, आर्या पाण्डे, देवेन्द्र ठाकुर, उपेन्द्र साह, प्रदेश अध्यक्ष रुपेश थपलिया, आजपाका नेताहरु डा. हेमप्रसाद साह, सिमा जैसवाल, मिना देवी साह, फुलबदन देवी, अनिता थापा, रेखा साह, अर्चना ठाकुर, मनिष राई लगायतको विशेष सहभागिता रहेको कार्यक्रमका सञ्चालन एवं आम महिला मोर्चा बागमती प्रदेशका अध्यक्ष ममता साहले जनाएकी छन् ।

सम्पन्न सो भेलाबाट अनिता थापाको अध्यक्षतामा ५१ सदस्यीय महिला मोर्चाको बागमती प्रदेश कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा रिंकु साह, शोभा तामाङ, मिना तामाङ, सचिवमा अस्मिता लामा, कोषाध्यक्षमा कुन्ती थापा रहेको महिला मोर्चाले जनाएको छ । यसैगरी कुन्ती थापामगरको अध्यक्षतामा आम ट्रेड युनियन फेडरेशन नेपालको महिला विभाग समेत सोही भेलाबाट घोषणा गरिएको ट्रेड युनियनका इन्चार्ज धनकुमारी मगरले जनाएकी छन् ।