२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण

कक्षा १२ को परीक्षा सञ्चालन गर्न पाँच मोडालिटी तयार

कक्षा १२ को परीक्षा सञ्चालन गर्न पाँच मोडालिटी तयार
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्न पाँच मोडालिटी अघि सारेको छ । बोर्डले विभिन्न सरोकारवाला संस्था र विज्ञसँग छलफल गरी उनीहरुको सुझावमा पाँच मोडालिटी अघि सारेको हो । पाँच महिनादेखि स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने विषयमा बोर्डले नयाँ मोडालिटी अघि बढाएको हो । बोर्डले अघि सारेको मोडालिटीमा तयारी भइरहेको प्रश्नपत्र प्रदेश परीक्षा कार्यालयमा पठाएर विद्यालयमै केन्द्र राखेर परीक्षा सञ्चालन गर्ने, कोरोना महामारी कम भएको जिल्ला र क्षेत्रमा परीक्षा सञ्चालन गर्दै जाने रहेको छ । त्यस्तै ओपन बुक प्रणालीअन्तर्गत प्रश्नपत्र तयार गरी अनलाइनबाट परीक्षा सञ्चालन गर्ने, कक्षा १२ को आन्तरिक परीक्षालाई मूल्यांकन गरी परीक्षा लिने र कक्षा ११ को परीक्षालाई आधार मानी सोही आधारमा कार्यविधि तयार गरी परीक्षा सञ्चालन गर्ने मोडालिटीको विषयमा छलफल गरेको छ ।

बोर्डले विद्यालयले परीक्षा दिएको प्राप्ताङ्क सम्परीक्षण गर्ने, आवश्यक परेको आधारमा धेरै नम्बर दिएका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गरी पुनः प्राप्ताङ्क दिने अधिकार बोर्डले लिएर गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले पाँच मोडालिटीको विषयमा छलफल भएपछि कुन आधारमा परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा निर्णय भइनसकेको बताए । उनले भने– ‘छलफलकै क्रममा छौं, उपत्यकामा निषेधाज्ञा सकेलगत्तै मोडालिटीसहितको प्रतिवेदन तयार गरी मन्त्रीलाई बुझाउनेछौं, मन्त्रालयले दिएको निर्देशनको आधारका परीक्षा सञ्चालन गर्नेछौं ।’ बोर्डले देशैभरका शिक्षक, प्रदेश परीक्षा प्रमुख, विज्ञ, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ, संगठन, महासंघलगायत निकायसँग छलफल गरिसकेको छ । बोर्डले विद्यार्थी संघ, संगठन, हिसान र केही प्रतिनिधिमूलक संघसंगठनका प्रतिनिधिसँग छलफल गर्ने तयारी गरेको छ ।

सबै निकायसँग छलफल गरेपछि केही मोडालटी तयार गरी मन्त्रालय बुझाउने बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताए । उनका अनुसार मन्त्रालयले प्रतिवेदन स्वीकृत गरेपछि सोही आधारमा कार्यविधि तयार गरी परीक्षा लिने भएको छ । कोरोना संक्रमणको कारण बोर्डले एसईई परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा तयार गरी बोर्डले प्रमाणीकरण गरेको थियो । कक्षा ११ को परीक्षा बोर्डले नै सञ्चालन गर्ने निर्णय गरिसकेको छ भने १२ को परीक्षा विद्यालय तहको अन्तिम परीक्षा भएकाले बोर्डले नै लिने निर्णय गरेको थियो । बोडले सल्लाह गरेका केही विज्ञले अहिले नै परीक्षा गर्न आत्तिनु आवश्यक नभएको तर्क राखेका थिए । कसैले अनलाइन त कसैकसैले खण्डखण्ड गरी परीक्षा लिन सुझाएका थिए । बोर्डले सबैको सुझाव संकलन गरी लेख्ने काम गरिरहेको र केही दिनभित्र मन्त्रालयमा बुझाउन तयारी गरेको छ ।

विश्वविद्यालयले समेत कुनै परीक्षा गर्न नसकेको अवस्थामा हतारमा परीक्षा गर्न नहुने सुझाव आएपछि बोर्डले दशैंअघि परीक्षा नगर्ने मनस्थिति बनाएको छ । अधिकांशले होम सेन्टर गरी परीक्षा गर्न सुझाव दिएका छन् ।

अन्तिम मूल्याङ्कन विद्यालयलाई नदिन सुझाव
राष्ट्रिय परीक्षा बोर्डले वैशाखदेखि स्थगित कक्षा १२ को परीक्षा कुन मोडालिटीमा सञ्चालन गर्ने विषयमा भएको भर्चुअल छलफलमा अधिकांश विद्यालयका प्रअ र शिक्षकले एसईईको जस्तो बदनाम हुने गरी विद्यालयलाई अन्तिम मूल्याङ्कन गर्ने अधिकार दिन नहुने सुझाव दिएका छन् । एसईईको परीक्षाफल प्रकाशित गर्दा अन्तिम मूल्याङ्कन गर्ने अधिकार दिएपछि अधिकांश विद्यालयले आफ्ना विद्यार्थीलाई ४ जीपीए दिएका थिए ।

विद्यार्थी उत्तीर्ण गराउने नाममा राजधानी र मुलुकका नाम चलेका विद्यालयले अधिकांश विद्यार्थीलाई ४ जीपीए दिएका थिए । तथ्याङ्कअनुसार २०७२ सालमा २ जनाको ४ जीपीए आएको थियो । सो संख्या बढेर यस वर्ष ९ हजार १९ जनाले ४ जीपीए पाएका थिए । विद्यालयले यस्तो मनपरी गरेकाले अब कहिल्यै अन्तिम मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिन नहुने विज्ञको सुझाब रहेको छ । त्यस्तै २०७३ मा ४, २०७४ मा ७४ र २०७५ मा १ सय ६ जनाले ४ जीपीए ल्याएर उत्तीर्ण भएका थिए । विज्ञको सुझावका आधारमा यो वर्ष कक्षा १२ को अन्तिम मूल्याङ्कन गर्ने आधार बोर्डले लिने बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए । नेपाल समाचारपत्र दैनिक