२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar रसायनशास्त्र तर्फको नोबेल पुरस्कार हेनरी कागान र केन्सो सोईलाई News Polar देवराज चालिसेले लिए उपसभापतिबाट उम्मेदवारी फिर्ता News Polar नेपाली सेनाद्वारा चिसापानीगढीमा सरसफाइ News Polar ओमान ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य News Polar नेप्से परिसूचक सामान्य अङ्कले घट्यो News Polar पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरणको छापा, आफन्त र निकटस्थ पनि अनुसन्धानको घेरामा News Polar मधेसको शिक्षा क्षेत्रका समस्या पहिचान गरी मन्त्रालयमा पेश गर्न मन्त्री पोखरेलको निर्देशन News Polar धादिङको गजुरी गाउँपालिकाले दसैँमा काठमाडौंमा रहेका गजुरीवासीलाई निःशुल्क यातायात सेवा दिने News Polar मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दै News Polar कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन गर्ने News Polar विमानस्थल निर्माणदेखि सञ्चालनसम्म निजी क्षेत्रलाई सहभागी गराउने कानुनी तयारी News Polar न्यायाधीश नियुक्ति सिफारिसप्रति नेपाल बारको आपत्ति News Polar भुइँ तहका कार्यकर्ताको मूल्यांकनबिना कांग्रेस रूपान्तरण सम्भव छैन : डिला संग्रौला News Polar ‘विशेष महाधिवेशनपछि पनि कांग्रेस रनवेमा अड्कियो, रुपान्तरणको पनि रुपान्तरण चाहिन्छ’ News Polar क्रियाशील सदस्यबाटै वडा तहदेखि केन्द्रसम्म सभापति छानिनुपर्छ : अमरसिंह पुन News Polar संवैधानिक इजलास गठनमा मनोमानी नगर्न नेपाल बारको चेतावनी News Polar स्वास्थ्य परीक्षणदेखि अन्तरपुस्ता ज्ञान हस्तान्तरणसम्मका कार्यक्रम समेटिने News Polar टेलिमेडिसिन सेवा व्यवस्थित र दीगो बनाउन मन्त्री मेहताको जोड News Polar राजर्षिजनक विश्वविद्यालयद्वारा ५१ करोडभन्दा बढीको बजेट प्रस्तुत, नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइजेशनमा जोड News Polar सरकारको स्वीकृतिबिनै १७ पालिकाले लिए ३३ करोड ८७ लाख आन्तरिक ऋण

महामारीमा हराएको मानवता !

महामारीमा हराएको मानवता !
अ अ+ अ-

काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)मा काम गर्ने डाक्टर–नर्स बसेको होस्टेल घेराउ गरी स्थानीय टोलवासीले दुर्व्यवहार गरेका छन्। टोल सुधार समितिका अगुवा र स्थानीयले फ्रन्टलाइनका काम गर्नेलाई नजिक ल्याएर राखेको र जोखिम बढाएको भन्दै शनिबार बिहान होस्टेल सञ्चालक र डाक्टरहरूमाथि गालीगलौज गरेका हुन्। आफूहरू घरमा आउजाउ गर्दा संक्रमण फैलनसक्ने डरले अस्पतालका केही डाक्टर, नर्स र कर्मचारी भदौ ४ गतेदेखि होस्टलमै बस्दै आएका थिए। काठमाडौं महानगरपालिका–३१ बानेश्वरको मिलनचोकस्थित उनीहरू बसेको लर्ड बुद्ध बोइज एण्ड गल्र्स होस्टल स्थानीयले घेराउ गरी तथानाम गाली गरेको गरेको होस्टलका सञ्चालक रोहित रानाले बताए।

उनले डाक्टरहरूलाई किन राखेको भन्दै धम्कीसमेत दिएको बताए। शनिबार डाक्टर, नर्स र कर्मचारी होस्टलमै बसिरहेको अवस्थामा ५० जनाभन्दा बढी आएर होस्टलबाट निकाल्न खोजेका थिए। उनीहरूले होस्टल सञ्चालकले आफूहरूलाई जानकारी नै नदिई डाक्टरलाई राखेको भन्दै विरोध गरेका थिए। ‘उहाँहरूलाई बस्न अप्ठ्यारो भएपछि मैले होस्टल खोलेको थिएँ, तर तथानाम गाली र धम्की आइरहेको छ, यस्तो मानसिकता भएको समाजमा कसरी काम गर्ने रु,’ उनले भने।  

हुलदंगा गर्न आएका व्यक्तिको नेतृत्व बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काले गरेका थिए। उनीहरूले अचानक आएर डाक्टर र नर्सलाई हटाउन भनेका थिए। तर, यस्तो बेलामा किन हटाउने भन्दै सिभिल अस्पतालको प्रशासनको टोली पुगेको थियो। स्थानीयले धम्क्याउन खोजेपछि उनीहरूले प्रहरी बोलाएका थिए। प्रहरी आएपछि मात्रै होस्टेल घेर्न आएका स्थानीय फर्किएका थिए। होस्टलमा भदौ ४ गतेदेखि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई राखिएको थियो। उनीहरू संक्रमित भने थिएनन् र पनि स्थानीयले अनावश्यक शंका गर्दै होस्टल घेराउ गर्न पुगेका थिए। अस्पतालले नियमित काम गर्ने कर्मचारी राख्न होस्टल सञ्चालकसँग सहमति गरेको थियो। त्यसपछि ४ जना स्वास्थ्यकर्मी होस्टलमा बसेका थिए।  

अस्पतालले बिरामीको ड्युटीमा खटिने डाक्टरलाई अस्पतालभित्रै राखेको छ। व्यक्तिगत प्रतिशोधका कारण यस्तो गरेको जानकारी दिए। अस्पतालका कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले सहयोग गर्नुपर्ने बेलामा समुदायकै व्यक्तिले अभद्र्र व्यवहार गरेको बताए। यस्तो व्यवहारले डाक्टरलाई नै निरुत्साहित बनाएको जानकारी दिए। ‘राजधानीकै स्थानीयको सोच यस्तो छ, संक्रमण नभएकालाई होस्टलमा राख्नु कसैको गल्ती होइन, तर स्थानीयले विरोध गरे,’ उनले भने।  होस्टल घेराउ गर्न आफैं उपस्थित भएका बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतमले आफूहरूलाई जानकारी नगराएपछि विरोध गरेको दाबी गरे। उनले भने, ‘यस्तो बेलामा होस्टल खोलेर हामीलाई त्रसित पार्ने काम भयो, त्यसपछि विरोध गरेका हौं।’

गृह मन्त्रालयले संक्रमित व्यक्ति वा फ्रन्टलाइनमा काम गर्ने कर्मचारीलाई वरपरको समाजले हेप्ने, दुव्र्यवहार गर्नेजस्ता कार्य गरे नजिकको जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन अनुरोध गरेको छ। गृहका प्रवक्ता चक्रबहादुर बुढाले यस्तो व्यवहार गर्नेलाई कारबाही हुने बताए। उनले भने, ‘संक्रमितलाई समाजमा दुव्र्यवहार र हेला गर्नु निकै खेतजनक छ, सम्बन्धित व्यक्तिले उजुरी दिनुभयो भने कारबाही हुन्छ, तर संक्रमितले उजुरी दिएको अवस्था छैन, उजुरी दिने हिम्मत राख्नुस् कारबाही हामी गर्छौं।’ 

उनले गृह मन्त्रालयले ७७ वटै जिल्लालाई परिपत्र गर्दै संक्रमितप्रति कसैले यस्तो व्यवहार गरे, कारबाही गर्न निर्देशन दिएको बताए। केही केहि दिनअघि तराई क्षेत्रका एक संक्रमित व्यक्तिले ज्यान मार्ने धम्की आएपछि गृह मन्त्रालयमा फोन गरेर जानकारी गराएको उनको भनाइ छ। ‘अहिले समाजका केही व्यक्तिले दुव्र्यवहार गर्ने, धम्क्याउने, गाली गर्ने, हेला गर्ने तथा अभद्र व्यवहार गर्नेजस्ता कार्य गरेका छौं, पीडित व्यक्तिले उजुरी दिएका प्रशासनले कडा कारबाही गर्छ,’ उनले भने।  

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौत्तमले पनि यसरी दुव्र्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए। ‘कोही व्यक्तिलाई समाजबाट बहिस्कार गर्ने, हेप्ने, अभद्रता देखाउने, होच्याउने, धम्क्याउने जस्ता गलत हर्कत देखाउनेलाई कारबाही हुन्छ,’ उनले भने, ‘कसैलाई त्यस्तो व्यवहार भएका प्रशासनलाई जानकारी गराउनु होला।’ उनले समाजका केही मानिस गलत र रुढीवादी मान्यताबाट ग्रसित भएकाले त्यस्ता व्यक्तिहरूलाई छिट्टै कारबाहीको दायरामा ल्याइने जानकारी दिए। नागरिक दैनिक