• ३१ असार २०८१, सोमबार
  •      Mon Jul 15 2024
  •   Unicode
Logo

जमैका तलाबाजको दोस्रो हार



शनिबार क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाल लेग स्पिनर सन्दीप लामिछानेको माजमैका तलाबाज टिम गुएना एमजोन वारियर्सको हातबाट १४ रनले पराजित भएको छ ।  जमैकाको यो लगातार दोस्रो हार हो । पहिले ब्याटिङ गरेको गुएनाले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन मात्र खडा गरेको थियो । त्यसमा सन्दीपले चार ओभरमा आठ रन मात्र दिए र दुई विकेट लिए ।

जवाफमा जमैकाले २० ओभरमा सात विकेट गुमाएर १ सय ४ रन मात्र बनाउन सक्यो । सन्दीप शून्यमै आउट भए । यसअघि उनले कसिकसाउ बलिङ गर्दै सेरफान रडरफोर्ड र क्रिस ग्रिनको विकेट लिएका थिए ।

तीन खेलमा दोस्रो हारपछि जमैका अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रह्यो । उसले आफ्नो पहिलो खेल भने जितेको थियो ।