२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जमैका तलाबाजको दोस्रो हार



अ+ अ-

शनिबार क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा नेपाल लेग स्पिनर सन्दीप लामिछानेको माजमैका तलाबाज टिम गुएना एमजोन वारियर्सको हातबाट १४ रनले पराजित भएको छ ।  जमैकाको यो लगातार दोस्रो हार हो । पहिले ब्याटिङ गरेको गुएनाले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन मात्र खडा गरेको थियो । त्यसमा सन्दीपले चार ओभरमा आठ रन मात्र दिए र दुई विकेट लिए ।

जवाफमा जमैकाले २० ओभरमा सात विकेट गुमाएर १ सय ४ रन मात्र बनाउन सक्यो । सन्दीप शून्यमै आउट भए । यसअघि उनले कसिकसाउ बलिङ गर्दै सेरफान रडरफोर्ड र क्रिस ग्रिनको विकेट लिएका थिए ।

तीन खेलमा दोस्रो हारपछि जमैका अंक तालिकाको पुछारबाट दोस्रो स्थानमा रह्यो । उसले आफ्नो पहिलो खेल भने जितेको थियो ।