३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगर प्रमुख र रुसका राजदूतबीच भेटवार्ता



अ+ अ-

ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपालका लागि रुसका राजदूत एलेक्स नोबीकोबबीच आज यहाँ भेटवार्ता भएको छ ।

महानगरका प्रमुख चिरीबाबु महर्जनको नेतृत्वमा आगामी साता रुसको उलान उदे सहरसँग भगिनी सम्बन्ध कायम गर्न जानुअघि नगर प्रमुख महर्जन र राजदूतबीच भेटवार्ता भएको हो ।

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगर र रुसको सहरबीच हुने भगिनी सम्बन्धले रसिया र नेपालका नागरिकबीच प्रगाढ सम्बन्ध स्थापित गर्नका लागि कोसेढुङ्गा सावित हुने बताउनुभयो । “असल अभ्यासहरु आदानप्रदान गर्नका लागि यो सम्बन्ध महत्वपूर्ण हुनेछ, यसअघि पनि ललितपुर महानगरले कोरियाको चेओरन सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ, जसबाट कृषि क्षेत्रमा ललितपुरलाई चेओरन सहरले सहयोग गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

भेटवार्ताका क्रममा नगरप्रमुख महर्जनले ललितपुर महानगरले सम्पदा संरक्षण, हरियाली प्रवद्र्धन र वातावरण संरक्षणमा गरेको कामबारे राजदूत नोबीकोबलाई जानकारी गराउनुभएको थियोे ।

भेटवार्तामा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, संस्कृति पर्यटन तथा उद्योग समितिका संयोजक एवं वडा नं ५ का वडाध्यक्ष विकासमान श्रेष्ठ, महानगरका अन्तर्राष्ट्रिय सल्लाहकार मुकुन्द विष्टसमेत सहभागी हुनुहुन्थ्यो ।

राजदूत एलेक्स नोबीकोबले पानी शुद्धीकरणका क्षेत्रमा काम गर्दै आएको रसियन हाइड्रोसम्बन्धी कम्पनीसँग भेट गर्न सल्लाह दिनुभयो । उहाँले रसियाको सहरसँग भगिनी सम्बन्ध कायम हुन लागेको जानकारी पाउँदा खुसी लागेको बताउँदै दुई सहरबीचको एकता र सहकार्यका सन्दर्भ पनि छलफल हुने विश्वास व्यक्त गर्नुभयो । रासस