२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट News Polar कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छ : कांग्रेस महामन्त्री राणा News Polar जापानसँग उच्चस्तरीय भ्रमणको पहल गर्छु : प्रस्तावित राजदूत थापा News Polar सम्यक महादानको तयारी तीव्र, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar कांग्रेसको दलिततर्फ प्रकाश रसाईली स्नेही अगाडि, दलित महिलामा सीता मिजार र खुलामा डा. डिबी सुनारको अग्रता News Polar म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँः मञ्चलाकुमारी झा News Polar ४७ प्रकारका इम्युनोसप्रेसेन्ट औषधिको उत्पादन तथा पैठारी अनुमति खारेज News Polar मलेसियाका लागि प्रस्तावित राजदूत खरेलमाथि आर्थिक अनियमितता र स्वार्थको द्वन्द्वको आरोप News Polar मलेसियाका लागि प्रश्तावित राजदुत खरेलको सुनुवाईमा प्रश्नः संसदीय समितिले प्रक्रिया रोकेर अध्ययन थाल्यो News Polar लागुऔषधसहित छ जना पक्राउ News Polar मलेसियामा नेपाली श्रमिकको सुरक्षादेखि डिजिटल सेवासम्म खरेलका प्राथमिकता News Polar प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक

कागजमा आयातमुखी बन्दा नेपालले दशौं अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा खर्चिनु परेको छः चन्द्र ढकाल

कागजमा आयातमुखी बन्दा नेपालले दशौं अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा खर्चिनु परेको छः चन्द्र ढकाल
अ अ+ अ-

नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्रालिको सञ्चालन आइएमई ग्रूपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र होइन, यो नेपालको औद्योगिक यात्रामै नयाँ शुरुवात हो । मुुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दीगो औद्योगिक विकासप्रतिको हाम्रो प्रतिवद्धता हो । विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’को यो एक उदाहरण हो ।

बैंक, बीमा, रेमिट्यान्स, पर्यटन पूर्वाधार, सूचना प्रविधि तथा जलविद्युत जस्ता मुलुकको अर्थतन्त्रका प्राथमिकताका क्षेत्रमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्‍याइरहेको आइएमई गू्रपले नेपालको व्यावसायिक तथा औद्योगिक विकासमा दिएको टेवाका बारेमा यहाँहरु जानकार नै हुनुहुन्छ ।

उद्योगहरु बन्द हुने, लगानीकर्ताहरु पलायन हुने र अरबका खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न हाम्रा युवाहरु जानु पर्ने वाध्यतालाई कम गर्दै गरेर नयाँ उद्योगहरु खोल्दै आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सृजना गर्ने यो महत्वपूर्ण पाइला सावित हुने हामीलाई विश्वास छ ।

आज हामी सबैका लागि गर्वको क्षण हो किनकि हामी नेपालमा उत्पादन, आयात प्रतिस्थापन र उपभोगको अपार अवसरलाई उपयोग गर्ने यो अत्याधुनिक पल्प तथा पेपर उद्योगको शुभारम्भ गर्दैछौँ ।
२०७८ साउनमा निर्माणको काम सुरु भएको यो उद्योगले अव दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज उत्पादन गर्न थालेको छ । सम्माननीय प्रधानमन्त्रीज्यूबाट आज समुद्घाटन भएपछि हामीले औपचारिकरुपमा यसको सुरुवात गर्नेछौँ ।

हाम्रो यो प्रयास स्वदेशी उद्योग प्रवद्र्धन गर्ने र प्रमुख क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकारको सोँचसँग हातेमालो पनि हो ।

विगत कैयौं वर्षदेखि नेपाल कागज तथा कागजजन्य उत्पादनका लागि आयातमा निर्भर रहँदै आएको छ । मुलुकै ठूलो उद्योगमध्येको एक भृकुटी कागज कारखाना बन्द भएसँगै हामीसँग औद्योगिकस्तरमा कागजको आन्तरिक उत्पादन छैन । यद्यपि साना तथा हाते कागज उद्योगहरुले भने हस्तकला तथा नेपाली कागजको आपूर्तिमा राम्रै योगदान गरिरहेका छन् ।

यसरी कागजमा आयातमुखी बन्दा हामीले दशौं अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा खर्चिनु परेको छ । अन्तरराष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावले बढ्दो मूल्यको समेत सामना गरिरहनु परेको छ । गत आर्थिक वर्ष २०८०।८१ मा मात्र नेपालले कागज तथा कागजजन्य उत्पादनको आयातमा झण्डै १२ अर्ब रुपैयाँ खर्चेको थियो । नेपालमा भारत, चीन, जर्मनी, अमेरिका, थाइलेण्ड, इन्डोनेसिया र बंगलादेश लगायत मुलुकहरुबाट कागज आयात हुँदै आएको छ । हाल नेपालमा कागजका रोल तथा शीटहरु, विभिन्न आकार तथा तौलका पेपरबोर्डदेखि लिएर ट्वाइलेट पेपरसम्म पनि आयात हुने गरेको छ ।

कागज उद्योगले खर, पराल, काठ आदि पगालेर कागज बनाएको त हामीले देखेसुनेकै हो । तर, यस उद्योगको सोच भने नितान्त फरक छ । हामीले घर अफिसमा प्रयोग गरेर फालेका वा नष्ट गर्ने गरेका कागज नै यो उद्योगको मुख्य कच्चा पदार्थ हो । घरअफिसमा प्रयोग भएका पुराना कागजहरू सानाव्यवसायीमार्फत् संकलन गर्दै यस उद्योगसम्म पुग्नेछन । र त्यसलाई गलाएर त्यहाँबाट पिन, प्लास्टिक, मसीलगायतका अनावश्यक वस्तु छुट्याएर पुन: नयाँ कागज बनेर फेरी बजारमा आउनेछन ।

त्यसैले यही संभावनालाई मध्यनजर गर्दै हामीले स्वदेशमै कागज उत्पादन गर्ने यो पहल थालेका हौँ । हाम्रो उद्योगले आयात प्रतिस्थापनमा उल्लेख्य भूमिका निर्वाह गर्दै नेपाली उपभोक्ता, व्यवसायी, र उद्योगहरूलाई प्रतिस्पर्धी मूल्यमा स्वदेशमै उत्पादित कागज उपलब्ध गराउनेछ ।

२ अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको यस उद्योगले औद्योगिकस्तरमा कागज उत्पादनको पहिलो चरणमा फोटोकपी पेपर उत्पादन गरिरहेको छ । शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपरको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई पनि स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ ।

यहाँहरुलाई म निवेदन गर्न चाहन्छु, हाम्रो उद्योग केवल उत्पादन, बिक्रीवितरण र नाफामा मात्रै केन्द्रित छैन । हामी वातावरणप्रति पनि उत्तिकै सचेत छौँ । उद्योगबाट हुने वायुप्रदूषण र जलप्रदुषण न्यूनिकरणका लागि उद्योगले विभिन्न पहल लिएकोे छ । वायु प्रदुषण कम गर्नका लागि उद्योगले पीसीसी प्लान्ट प्रयोग गरिरहेको छ । जसबाट प्रदुषण त कम हुन्छ नै साथमा स्वदेशमै प्रेसिवेटेड क्याल्सियम कार्बोनेट समेत उत्पादन हुनेगर्छ । यसका लागि चिम्नीबाट निस्किने धुँवाबाट कार्बनलाई निकालेर चुनढुङ्गामा मिसाएर पीसीसी केमिकल बनाउने गरिएको छ । सो केमीकल पुन: उद्योगमै राम्राखाले कागज बनाउन प्रयोग हुने गर्छ ।

यसले एकातिर क्याल्सियम कार्बोनेटको आयात घटाउने छ भने अर्कोतिर धुँवा कम फाल्दा वातावरण प्रदुषण पनि कम हुनेछ । त्यस्तै उद्योगबाट निस्किने पानीलाई पनि ट्रिटमेन्टपछि रिसाइकलिङ गरेर पुन: प्रयोग गर्नेगरी काम भइरहेको छ । यसले एकातिर जमिनबाट हुने पानीको दोहन घटाउने छ भने अर्कोतिर जल प्रदुषणलाई पनि कम गर्ने छ ।

यहाँनिर हामीले सम्झिनै पर्ने कुरा के पनि हो भने औद्योगिक विकास रोजगारीको प्रमुख कारक हो । यहाँहरुसमक्ष म गर्वका साथ जानकारी दिन चाहन्छु कि नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रीले प्रत्यक्षरुपमा ३०० बढी र अप्रत्यक्षरुपमा हजारौंका लागि रोजगारीका अवसर सिर्जना गर्ने छ । जसमा इन्जिनियर, प्राविधिक र कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसानहरु समेत समावेश छन् । हामीले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरुलाई अवसर दिनेछौँ । उद्योगले विशेष गरेर महिला सशक्तीकरण र सबलीकरणका लागि पनि ठूलो योगदान पुर्‍याउने हाम्रो लक्ष्य छ ।

कागज उत्पादन मात्र हाम्रो उद्देश्य होइन, आत्मनिर्भरता, रोजगारी सिर्जना, र दिगो आर्थिक विकासलाई प्रवद्र्धन गर्ने अभियानको नेतृत्व गर्नु पनि हाम्रो अभिप्राय हो ।

हाम्रो व्यावसायिक अभियानका केही प्राथमिकताका विषय छन् । पहिलो राष्ट्रले प्राथमिकतामा राखेको क्षेत्रमा लगानी गर्ने । दोस्रो, बढीभन्दा बढी नागरिकलाई प्रत्यक्ष रुपमा लाभ पुग्ने क्षेत्रमा लगानी गर्ने । र, तेस्रो मुलुकको दीर्घकालीन र सबैको खाँचोको व्यवसाय बन्न सक्ने क्षेत्रमा लगानी गर्ने ।

हाम्रा रेमिटेन्स, बैंक, बिमा, सूचना प्रविधि, जलविद्युत र पर्यटन पूर्वाधार सबै व्यवसाय यसै प्राथमिकतामा आधारित छन् । हामीलाई लाग्छ यस कारखानाले हाम्रा यी प्राथमिकता पूरा गर्न सक्दछ ।

अब म नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको हैसियतमा केही थप कुरा राख्न चाहन्छु ।

कोभिड महामारी, रुस युक्रेन युद्ध, श्रीलंकाको आर्थिक संकट र हाम्रा केही आफ्नै आन्तरिक कारणहरु थपिँदा हामी पनि आर्थिक मन्दीकोे अवस्थाबाट गुज्रियौँ । संसारका देशहरुले पोष्ट कोभिड प्याकेजहरु घोषणा गरिरहँदा हामीले पनि संकटबाट उठ्ने यथाशक्य प्रयास अघि बढायौँ । त्यसका लागि राज्यका योजनाहरुमा हामी निजी क्षेत्र सक्रीयताका साथसाथै अघि बढेका हौँ । जसका कारण अहिले हामी पुरानै लयमा फर्किन सकेका त छैनौँ तर अर्थतन्त्र सुधारका लागि थालिएका प्रयासहरुले सकारात्मक संकेत देखिन सुरुगरेको छ । वर्तमान सरकार अर्थतन्त्रको सुधारमा कार्यरत छ भने हामी सरकारको होस्टेमा हैंसे गरेर अघि बढिरहेका छौँ ।

मुलुकको अर्थतन्त्र चलायमान बनाउन, हामीसँगका अथाह सम्भावना छन् । यी सम्भावनाहरुको उजागर गरी स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आकर्षित गर्नका लागि उचित वातावरण आवश्यक पर्दछ । सम्माननीय प्रधानमन्त्रीज्यूको सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभियानमा निजी क्षेत्र साथमा छ ।

पछिल्लो समय सरकारले ल्याएका कतिपय कानुनहरु नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सहयोगी सिद्ध हुने हामीले महसुस गरेका छौँ । यो कुराको वकालत हामीले सार्वजनिक रुपमा नै गरिरहेका छौँ । मुलुकमा अर्थतन्त्रको सुधार र विकासका लागि आवश्यक नीति तथा कानुनहरु निर्माणमा सरकार हाम्रा सुझावहरुको निकटमै रहेर काम गरिरहेको महसुस हामीलाई भएको पनि छ ।

स्वदेशी होस या विदेशी होस्, लगानीकर्ताले फिल्डमा काम भए नभएको हेर्ने गर्दछ । त्यसैले यस्तै नयाँ नयाँ ठूला आयोजनाहरु वर्षमै सञ्चालनमा आए भने त्यसले मुलुकमा लगानीको वातावरण छ भन्ने अर्थ आफैँ लाग्नेछ । त्यसैले आज सञ्चालनमा आएको यो आयोजनाले पनि नेपालमा लगानीको वातावरणको सकारात्मक सन्देश यथेष्ट मात्रामा दिनेछ भन्ने हामीलाई लागेको छ ।

पाथिभरामा बन्न लागेको केबलकारको विषयमा सतहमा आएका केही विषयले मुलुकमा लगानी र व्यवसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह हुने आशंका हामीलाई लागेको छ । हामीलाई त्यहाँका स्थानीय जनता, स्थानीय सरकार र प्रदेश सरकारले बारम्बार गरेको आग्रहमा हामीले पाथिभरामा केबलकारको निर्माण परियोजना सुर गरेका हौँ । यो नयाँ नभएर स्थानीय मागमा आधारित परियोजना हो र करिब ७ बर्षदेखि नै यो कुरा सबैलाई थाहा नै छ । स्थानीयको माग, उक्त प्रसिद्ध देवस्थलको सांस्कृतिक मूल्यमान्यता र पर्यावरणीय सन्तुलन जस्ता आयोजना निर्माणका सबै पक्षलाई ध्यानमा राखेर र जिल्लाबासी सबैको सहमति र सहभागितामा परियोजनाको निर्माण कार्यको थालनी भएको हो ।

तर जब उक्त मेगा प्रोजेक्टको काम सुरु भयो, त्यसपछि जिल्ला भन्दा बाहिरबाट गएर अवरोधको प्रयास भयो । यस्तो वातावरणले भोलिका दिनमा लगानीको अवस्था के हुन्छ र लगानीकर्ता यस्तो अवस्थामा थप लगानीका लागि तयार हुन्छन् कि हुँदैनन भन्ने कुरा निजी क्षेत्र र राज्यले सोच्नुपर्ने अवस्था आएको छ । पूर्वाधार निर्माणजस्तो काममा देखिएको अवरोध सूचना प्रविधिको विकासले साँघुरो बनिरहेको संसारमा पुग्दा त्यसले विश्वका लगानीकर्ताहरुमा कस्तो सन्देश सञ्चार गर्ला भन्ने चिन्ता हामी निजी क्षेत्रमा बढाएको छ ।

हामीले विश्वका विभिन्न धनी र सम्पन्न मुलुकहरु देखेका छौँ । ती देश कसरी धनी र सम्पन्न भए ? ती देश धनी र सम्पन्न बन्न त्यहाँका व्यवसायी र उद्यमीहरुको के कति योगदान छ ? त्यसका लागि व्यवसायी र उद्यमीले लिएको रिस्क र उनीहरुको मिहिनेत र परिश्रमको हेक्का भने राख्ने गरेको देखिदैन । एउटा उद्यमी व्यवसायीले ठूलो रिस्क उठाएर उद्यम गर्छ ।

तर पनि ती उद्यमी व्यवसायीले लगानी गरेका छन् । धेरैलाई लाग्न सक्छ, कुनै पनि उद्यमी व्यवसायीले व्यक्तिगत नाफा वा फाइदाका लागि मात्र व्यवसाय गरेको हुन्छ । त्यसले व्यवसाय नगर्दा हामीलाई के फरक पर्छ ।

एक जनाले होटल नचलाउँदा के हुन्छ ? एक जनाले पसल नचलाउँदा के हुन्छ ? एक जनाले बस नचलाउँदा के हुन्छ ? एक जनाले उद्योग नचलाउँदा के हुन्छ ? एक जनाले एक ठाउँमा अस्पताल नबनाउँदा के हुन्छ ? एक जना उद्यमीले एक ठाउँमा विद्यालय नचलाउँदा के हुन्छ ? तर, वास्तविकता त्यस्तो होइन । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशतभन्दा बढी र रोजगारीमा ८६ प्रतिशतभन्दा बढी योगदान भएको निजी क्षेत्र र तिनै उद्यमी व्यवसायीले उत्पादन नगरिदिने हो भने वा व्यवसायीले सेवा नदिने हो भने तपाई हाम्रो अवस्था के होला ? राज्यको सबैभन्दा ठूलो आम्दानी, यातायत, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा रोजगारीको अवस्था के होला ?

अर्को महत्वपूर्ण कुरा यिनै उद्यमी व्यवसायीको उत्पादनले तपाई हामी धेरैको जीवन सहज बनेको हो । उनीहरुकै उद्योग व्यवसायले रोजगारी सृजना गरेको हो । तिनै उद्यमीले तिरेको कर तथा राजश्वबाट पूर्वाधारको विकास भएको हो । राज्य सञ्चालन भएको हो ।

एकजना व्यवसायीले जति आम्दानी गर्छ त्यति पुन: लगानी गर्ने, रोजगारी सृजना गर्ने र त्यसबाट राज्यलाई थप कर र राजश्व तिर्ने हो । सामान्य व्यक्ति र उद्यमी व्यवसायीमा फरक यति मात्र हो कि एक जना व्यवसायीले २ लाख रुपैयाँ मात्र आम्दानी गर्‍यो भने उसले १० लाख रुपैयाँको रिक्स उठाउँछ र अर्को व्यवसाय सञ्चालन गर्छ । २ लाख रुपैयाँ इक्विटी लगाएर बाँकी बैंक तथा वित्तीय संस्थाको ऋण जुटाएर १० लाख रुपैयाँसम्म लगानी गर्छ । निजी क्षेत्रले गर्ने भनेकै यही हो । यसका लागि व्यवसायीले २४ सै घण्टा गर्ने मिहिनेत, लगनशिलता र शारिरीक तथा मानसिक तनावको हामीले प्रसंशा गर्नुपर्छ । हामी एलन मस्क, जेफ बेजोस र लारी एलिसनका जीवनी पढ्छौँ । टाटा, अम्बानी र अडानीका बयान गर्छौँ । तर, हाम्रा उद्यमी व्यवसायी प्रति सधै नकारात्मक धारणा देखिन्छ । यो सोँच बदल्न जरुरी छ । यो भाष्य, चेत र धारणा रहेसम्म लगानी बढ्दैन, मुलुक बन्दैन र सम्मृद्धि आउदैन ।

त्यसैले मैले बारम्बार भन्ने गरेको छु । सबै राजनितिक दलका आदरणीय नेताहरु, सबै संघ संस्थाका आरदणीय नेतृत्व वर्गलाई म विनम्र आग्रह गर्न चाहन्छु । पूर्वाधार विकास, रोजगारी सृजना, आम नागरिकले पाउने सेवा र राज्यले प्राप्त गर्ने राजश्वको मुख्य श्रोतको लागि सबै पक्ष एकै ठाउँमा उभिनुपर्दछ । अन्यथा तपाई हाम्रा सन्ततिले तपाई हाम्रै कारणले अभाव, गरिबी र पछौटेपनको सामान गरिरहनु पर्नेछ । जुन विषयमा पश्चाताप पनि गर्ने समय पनि रहने छैन ।
त्यसैले म फेरि पनि आग्रह गर्दछु, पूर्वाधार निर्माण, आर्थिक विकास र आम नागरिकले प्राप्त गर्ने सेवा, सुविधा र आवश्यकताका विषयमा राजनिति नगरौँ । पूर्वाधार विकास भयो भने मात्र नागरिकको जीवनस्तर सुधार हुने हो । रोजगारी सृजना हुने हो । राजश्व वृद्धि हुने हो र मुलुक सम्मृद्ध हो ।

    यो पनि पढ्नुहोस् :  नेपालकै ठूलो कागज कारखाना सञ्चालनमा, आवश्यकमध्ये करिव ४० प्रतिशत कागज उत्पादन हुने

तपाई हाम्रा अगाडि बदलिदै गरेको विश्व परिवेश छ । विदेशी अनुदान तथा सहायता घट्दैछ । त्यसैले स्वदेशी उद्यमी, रोजगारी र राजश्व सृजना गर्ने कर्मशिलहरुलाई प्रोत्साहन गर्नुको विकल्प छैन । प्रकृतिले दिएका अपार सम्भावनाहरुलाई उपयोग गर्दै समृद्धि तर्फको यात्रामा सँगसँगै अगाडि बढौं ।

आइएइ समूहका अध्यक्ष एवं नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले  महोत्तरीको गौशाला नगरपालिका १ स्थित रामनगरमा स्थापित नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्रालिको  २०८१ फागुन २२ गते उद्घाटन समारोहमा दिनु भएको मन्तव्य । आइएमइ समूहले उक्त कागज कारखानाको प्रबर्धन गरेको हो ।