१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः लेभरकुसेनमाथि बायर्नको जित, इन्टरले फेयनुर्डलाई हरायो



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले जित निकालेको छ ।

अन्तिम १६ को पहिलो लेगमा अर्को जर्मन क्लब लेभरकुसेनमाथि बायर्नले ३–० गोलले हराएको हो ।

घरेलु मैदान एलियान्ज एरेनामा बायर्नलाई जित दिलाउन ह्यारी केनले पेनाल्टीसहित दुई तथा जमाल मुसियालाले एक गोल गरे ।

खेलको ६२ औं मिनेटमा नोर्डी मुकिलीले रातो कार्ड खाएपछि लेभरकुसेन १० खेलाडीमा समेटिएको थियो । अब दोस्रो लेग मार्च १२ मा लेभरकुसेनको घरेलु मैदानमा हुनेछ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले डच क्लब फेयनुर्डलाई उसकै घरेलु मैदानमा २–० गोलले हरायो ।

इन्टरको जितमा खेलको ३८ औं मिनेटमा मार्कुस थुरामले तथा ५० औं मिनेटमा लौटारो मार्टिनेजले गोल गरे ।

जितसँगै इन्टरले एग्रिगेटमा २–० को अग्रता लिएको छ । अब दोस्रो लेग इन्टरको घरेलु मैदानमा हुनेछ ।