५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलोपटक प्लाज्मा थेरापी गरेका पुरुषको निधन



अ+ अ-

धरान । बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा पहिलोपटक प्लाज्मा थेरापी गरिएका ६८ वर्षीय पुरुषको निधन भएको छ। धरान उपमहानगरपालिका ८ घर भएका उनको आइतबार कोभिड अस्पतालमा उपचारका क्रममा निधन भएको बीपी प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख डा. संजिवकुमार शर्माले  बताएका छन्। आइतबार दोस्रोपटक पुनः प्लाज्मा थेरापीको तयारी गर्दै गर्दा उनको निधन भएको हो। पन्ध्र दिन अगाडि फोक्सोमा इन्फेक्सन  भएपछि अस्पताल भर्ना भएका पुरुषको कोरोना पोजिटिभ देखिएको थियो। ट्राभल हिस्ट्री नै नभएका मृतकलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने पत्ता नलागेर कन्ट्रयाक ट्रेसिङ गर्न सकिएको छैन। धरानमा समाजिक व्यक्तिको छवी बनाएका उनको निधनले सिंगो धरान शोकमा डुबेको छ। धरानमा लामो समयदेखि हाड्यवयर व्यपार संचालन गरिरहेका मृतकका श्रीमती, एक छोरा र  दुई छोरी छन्। 

उनको हरियाली सामुदायिक वन क्षेत्रमा दाहसंस्कार गर्ने तयारी भैरहेको धरानका मेयर तिलक राईले बताए। शनिबार बीपी प्रतिष्ठानमै दोस्रो प्लाज्मा थेरापी गरिएका अर्का पुरुषको पनि निधन भएको थियो।  धरानमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ। सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय ४१ पुगेको छ। जसमध्ये एकसय ९० जना निको भएर घर फर्किएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले बताए। 

सुनसरीको संक्रमितको संख्या  दैनिक वृद्धि भएको र मृतकको संख्या चार पुगेपछि सुनसरीमा भदौ १४ गतेसम्म  पसल खोल्न, हिंडडुल गर्न र यातायातका साधन संचालन गर्न प्रतिबनध लगाइएको छ। सुनसरीका १२ वटै स्थानीय निकाय निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। अन्नपुर्णपोष्ट दैनिक