४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

रसुवामा कांग्रेस र नयाँशक्तिको एकता, भ्रम र यथार्थ

रसुवामा कांग्रेस र नयाँशक्तिको एकता, भ्रम र यथार्थ
अ+ अ-

नेपालका दुई ठुला कम्युनिस्ट पार्टीहरु एक भएर चुनाव लड्दै गर्दा आफ्नो राजनितिक मार्गनिर्देशक सिद्धान्त जनताको प्रजातान्त्रिक लोकतन्त्र मान्दै आएको दुई पार्टी नेपाली काङ्ग्रेस रसुवा र नयाँ शक्ति पार्टी रसुवाबिच चुनावी तालमेल गरी बाम अहङ्कारका बिरुद्ध लड्ने कुरा स्वभाबिक र इतिहासको आवश्यकता पनि थियो भन्ने कुरामा कसैको दुई मत नरहन सक्छ । दुई लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल गरि लड्ने पार्टी केन्द्रको निर्देशनले रसुवाका तमाम लोकतन्त्रबादीहरुमा खुशीको लहर नै छाएको थियो ।

रसुवाका काँग्रेस नेता मोहन आचार्यको सङ्घीय साँसदमा उमेरद्वारीको खबरले बामका उमेरद्वारहरुको क्षण भरमा नै होसहवास उडेको थियो र हार स्वीकारेको अवस्थालाइ बाम भित्रका इमान्दार कार्यकर्ताले पनि स्वीकारेको विषय हो । लोकतन्त्रबादीहरुको चुनाबी तालमेलले रसुवा काङ्ग्रेसका समर्थक शुभचिन्तक र आम कार्यकर्ता पङ्तिमा ठूलो उत्साह छाएको थियो । विकासको भोको रसुवाली जनता लोकतन्त्रबादीहरुलाइ बिजयको माला पहिह्राउन आतुर थिए ।
जनताको परिक्षाको घडी र लोकतन्त्रबादीहरुको प्रतिक्षाको घडीको सुइले १२ बजायो,एक कुशल,इमान्दार,दुरदर्शी,बिकासप्रेमी नेतालाइ जनताले बिजयको माला पहिह्राउदै जिल्ला बिकासको मार्गनिर्देशन गरिदिए । 

नेपाली कांग्रेसको पक्ष मा देशैभरी अनुकूल परिस्थिति नबनीरहेको सन्धर्वमा कम्युनिस्टहरुको कथित लाल किल्ला भत्काउन सफल,बामहरुको दम्भ तोड्न निपुर्ण,बाम निरुङ्कुसता र तानाशाहको जन्जिर छिनाल्न सफल  चुनावी तालमेल त्यहीमात्र सिमित नरहोस भन्ने चाहन्न्थे इमान्दार काङ्ग्रेस र नया शक्तीका कार्यकर्ता । लोकतन्त्रबादीहरुलाइ एउटै मालामा गास्न,भावानात्मक एकता कायम गराउन, आम कार्यकर्ता पङ्तिले नेतृत्वलाई निरन्तर दबाब दिइराख्यो ।अन्तत नेपाली काङ्ग्रेस रसुवाले नया शक्ति पार्टी रसुवालाइ एकताको निम्ति आव्हान गर्यो ।नया शक्ति र काङ्ग्रेसको एकता अपरिहार्य छ र जस्तोसुकै मूल्य चुकाएर पनि एकता गर्नु पर्छ भन्नेमा माननीय मोहन आचार्य,पार्टी सभापती पेम्बा छिरिङ तामाङ,नेता उपेन्द्र लम्साल मात्र होइन अझ बढी उत्साहका साथ दिनरात नभनी लाग्नेमा माननीय प्रभात लामा पनि हुनुहुन्थ्यो ।माननीय प्रभात लामाले पार्टी भित्र र बाहिर मात्र होइन पार्टी कमिटीका आधिकारिक बैठकहरुमा पनि अत्यन्तै जोडदारका साथ नया शक्तिलाइ पार्टीमा ल्याउनुपर्छ एकपटक जितेर पुग्दैन अर्को पटक पनि जित्नुपर्छ त्यसको लागि हाम्रो एकता अपरिहार्य छ,भन्नू हुन्थ्यो ।

पार्टी एकताको अपरिहार्यतालाइ आत्मासात गर्दै दुबैतिरबाट वार्ता टोलि बने,नेपाली काङ्ग्रेसको तर्फबाट पार्टी सभापती पेम्बा छिरिङ तामाङ,सङ्गीय साम्सद माननीय मोहन आचार्य,प्रदेश साम्सद प्रभात लामा रहेको एक उच्छ स्तरीय वार्ता टोलि निर्माण गर्ने कुरा जिल्ला कार्य समितिकै बैठकले गर्यो । दुबैतिरको वार्ता टोलिको बिचमा कयौ पटक जिल्लामा र काठमाडौमा वार्ताहरु भए ।अन्तत काङ्ग्रेसको वार्ता टोलि नया शक्तिलाइ २५०० कृयाशिल सदस्य,सभापती बाहेकका पदाधिकारी सहित २५ सदस्यीय जिल्ला कमिटी,महासमिती सदस्य,केही भातृसङ्गठनको प्रमुख लगाएतको जिम्मेवारी दिने कुरामा वार्ता सम्पन्न भयो ।

कुरा मिल्यो पार्टी केन्द्रका शिर्ष नेताहरु पार्टी सभापती शेर बहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री शशांक कोइराल,गगन थापा,बिश्वप्रकाश शर्मा लगाएतका नेताहरुको उपस्थितिमा भब्य कार्यक्रमको बिचमा नया शक्तिलाइ काङ्ग्रेसमा भिट्याइयो ।रसुवा जिल्ला भर खुशीको लहर क्षण भरमा नै छायो । चुनावी तालमेलबाट नै होसहवास उडेको बाम खाङ्राङखुङ्रुङ भयो,चित्त बुझाउन एकतालाइ अनेक तरिकाले अपब्याख्या गरिरहे ।भ्रम छर्ने र एकतालाइ सकेसम्म भाड्न तल्लीन रहे । नया शक्ति पार्टी नेपाल काङ्ग्रेस भैसकेको थियो,साथीहरु चारतारे झण्डा बोकि सङ्गठन निर्माणमा होमिसकेका थिए,अचानक वार्ता टोलिमै रहेका सहित केही एकता बिरोधी साथीहरु अब नया शक्तिलाइ केही जिम्मेवारी नदिने बिच बाटोमा नै अलपत्र पार्ने तानाबाना सहित केही नेताको घर घर कुद्न थाले,गुटगत बैठक र भेलाले काठमाडौ र जिल्लाका कोठाहरु भरिन थाले ।

बोलिका जमान,इमान्दार,म होइन पार्टी बलियो बनुपर्छ भन्ने भावनाले ओतप्रोत नेताहरु अहोरात्र खटिराख्नु भयो,समायोजन समिती र केन्द्रीय समितिलाइ पनि पार्टी बन्नुथियो,पार्टी लाई सानो झुण्डको पेवा बनाउने र पार्टीको नाम बेचेर आफ्नो ब्यक्तिगत स्वार्थ पूरा गर्ने सङ्किर्णहरुको भन्दा सच्चा इमान्दार जिल्ला नेताको प्रस्तावमा बिश्वास थियो अन्तत त्यही भयो जे रसुवाका आम लोकतन्त्रबादी र काङ्ग्रेस कार्यकर्ता चाहन्थे ।

पार्टी केन्द्रले निर्णय गरेको आधिकारिक समायोजनको पत्र जिल्ला आइपुगेको छ,लोभी नेताले बजाइदिएको भ्रमको डम्फुको तालमा केही साथीहरु नाचेको देख्दा मलाइ चिन्ता लागेको छ,चिन्ता मेरो ब्यक्तिगत होइन पार्टीगत हो सस्थागत हो । हामीले भयङ्कर र अजङ्गको लडाइ लड्नुछ त्यो पनि तानाशाही,निरुङ्कुश,कम्युनिस्ट सर्बसत्ताबादको बिरुद्ध ।इतिहासकै बदनाम भ्रष्ट कम्युनिस्ट सरकारले देशको ढुकुटी रित्याइसकेको छ,तस्कर,बलत्कार,चोरी,हत्या,हिम्साले सिमा नाघेको छ ।यी  सबै अपराधिक कार्यमा सरकार पक्षकै सम्लग्नता छ ।हामी काङ्ग्रेस आफै यिनीहरुसङ्ग लड्न काफी छौ,बढी बलियो भयौ भने कम क्षतिमा लडाइ सजिल्लै जित्न सक्ने कुरालाइ नकार्न पनि त हुदैन ।

त्यसैले हामी बलियो हुन चाहान्छौ भने हाम्रो घरको ढोका खुल्ला राख्नु पर्छ आउनेलाइ आउन दिनु पर्छ,हामी त चाहन्छौ नेकपाले पनि पार्टी बिघटन गरि काङ्ग्रेसमा नै बिलय होस नेपाल लोकतन्त्रबादीहरुको देश होस । अब कुरो रह्यो आन्तरिक पार्टी जिवनको । हाम्रो पार्टी प्रतान्त्रीक पार्टी हो ।पार्टीको आन्तरिक जिवनमा लोकतान्त्रीक पद्धति लागू हुन्छ ।हामीलाइ थाहा छ हाम्रो इतिहास साक्षी छ जो कार्यकर्ता र जनताको नजिक छ उसले अधिवेशन जितेको छ ।हामी कार्यकर्ता कसैको पेवा होइनौ जसले हाम्रो मन जित्छ,जो सङ्ग पार्टी निमार्णको उत्कृष्ट योजना छ,जसले बिपक्ष लड्ने दह्रो हातहतियार जोरजाम गर्न सक्छ उसैलाइ कार्यकर्ताले चुन्छ ।

कुरो रह्यो नया शक्तिबाट काङ्ग्रेसमा आउनु भएको साथीहरुको ।उहाहरुको कृयाशिल कसैले ठेक्का लिइसक्यो र उहाहरु अरु कसैको पेवा भैसक्नु भयो र छैन होला नि । त्यसैले हिजो उहाहरु अरु पार्टीमा हुनुहुन्थ्यो अहिले हामी एउटै पार्टीमा छौ, उहाहरुसङ्ग पनि छलफल गर्नोस,बहस गर्नोस,भोट माग्नुस यो असम्भव त नहोला नि होइन र ? त्यसैले नेतागण हामी लोकतन्त्रमा बिश्वास गर्ने पार्टी सस्कारमा हुर्के बढेका नेता कार्यकर्ता हौ,यो बेला भनेको अनाबश्यक बखेडा झिकेर भ्रम छरेर पार्टीको आन्तरिक जीवन कमजोर पार्ने बेला होइन एकताबद्ध भएर प्रमुख शत्रुको बिरुद्ध लड्ने बेला हो । बहस,छलफल,बैठकद्धारा हल नभएका समस्या हाम्रो पार्टी इतिहासमा छैन भ्रम नछरौ भ्रम नपालौ पार्टी एकता आजको अपरिहार्य आबश्यकता हो एकता नै बल हो ।टुटफुट र झगडाले बिनाश बाहेक अरु निम्त्याउदैन हामी अहिले बिनाश होइन आन्तरिक पार्टी बिकास चाहन्छौ ।

आगामी १४ औ जिल्ला अधिवेशनले हामीलाइ एकताबद्ध पार्टी,सुदृढ सङ्गठन,दुरदर्शि नेतृत्व,साहासी र लाडाकु टीम प्रदान गरोस यो एकताले हामीलाइ यहि मार्गनिर्देशन गरेको छ ।हामी सबै नेता कार्यकर्ताले कागको पछि कुदाउने होइन कान छाम्न सिकाउने परिपाटी विकास गर्नु छ यसैमा हामी लोकतन्त्रबादीहरुको जित सुनिश्चित छ । (पौडेल नेपाल विद्यार्थी संघ रसुवाका कोषाध्यक्ष हुन् ।)