१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य

लुम्बिनीलाई विश्व शान्तिको थलो बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह

लुम्बिनीलाई विश्व शान्तिको थलो बनाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
अ अ+ अ-

भैरहवा। बुद्ध जन्मस्थल लुम्बिनीमा चौथो अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको बुधबार उद्घाटन गरिएको छ। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले एक समारोहका विच त्रिपिटक (पाठ) को उद्घाटन गरेका हुन्।

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन शुरू गरिएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधान शहरी विकास मन्त्री प्रकाशमान सिंहले विश्वभर अस्थिरताको संकेत देखा परेको अवस्थामा बुद्धको शिक्षाले शान्ति कायम गर्न सक्ने बताए।

उनले बुद्धको शिक्षाहरुलाई पुर्नताजगी गराई त्रिपिटक पाठले विश्वमै लुम्बिनीबाट शान्तिको सन्देश जाने बताए। बुद्धजन्मस्थल लुम्बिीलाई विश्वशान्तिको सन्देश दिने थलोका रुपमा विकास गर्नुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड छ। उनले लुम्बिनी विकास कोषले पूर्वाधार विकाससँगै त्रिपिटक जस्ता अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमलाई बढाउनुपर्ने सुझाव दिए।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बुद्धका उपदेशहरुलाई विश्वभर फैलाउन त्रिपिटक पाठ समरोह फलदायी हुने बताए। उनले त्रिपिटक पाठ बुद्धका शिक्षाहरुको सन्देश फैलाउने माध्यम भएकाले यस्ता कार्यक्रमलाई अझ ठूलो संख्यामा गर्दै जानुपर्ने बताए। उपाध्यक्ष लामाले आगामि दिनमा सरकार र लुम्बिनी विकास कोषले समेत यस्ता कार्यक्रमलाई प्राथमिकताका साथ गर्ने बताए। उपाध्यक्ष लामाले राजनीतिक परिवर्तनसँगै नयाँ संविधानमा धर्मनिरपेक्ष राज्य बनेको उल्लेख गर्दै सोही अनुसार बौद्धमार्गीहरुलाई राज्यले प्राथमिकता दिन उपप्रधानमन्त्रीको ध्यानआर्कषण गराए।

उनले थेराबाद, महायान र ब्रजयाना सबै एक जुट भएर बुद्धको उपदेशलाई संसारभर फैलाउन सकिने बताए।

उनले बुद्ध दर्शनलाई विश्वले आत्मसाथ गरेको बताउँदै एक अर्ब बढि बुद्धिष्टहरुलाई लुम्बिनीमा आर्कषित गर्नुपर्ने बताए। उनले लुम्बिनी शान्ति र बुद्धदर्शनको उत्पती भएको स्थान भएकाले यहाँबाट शान्तिको सन्देश फैलाउन सकिने बताए।

यस्तै उद्घाटन समरोहमा आठौं संघनायक नेपालका भिक्षु बोधिसेन महास्थविरले लुम्बिनी आउदा आनन्द प्राप्त हुने बताउँदै मायादेवी मन्दिरको नामको सट्टा बुद्धभूमि राख्दा त्यसले विश्वभर सन्देश जाने बताए। उनले त्रिपिटक पाठ यहाँ गर्दा मायादेवी भन्दा त्यसले लुम्बिनीलाई ओझेलमा पारेको बताए।

यस्तै कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलामान घिसिङले लुम्बिनी क्षेत्र अध्यारो देखिएको बताउँदै मायादेवी परिसर सहितको क्षेत्रलाई ‘स्प्रिच्यूल लाईटिङ’ बनाउने प्रतिबद्धता जनाए। ‘लुम्बिनी अध्यारो देखिन्छ, मायादेवी सहितको क्षेत्र जहाजबाट हेर्दा पनि धपक्क बलेको होस्, त्यस्तो बनाउन लुम्बिनी विकास कोषले योजना ल्याओस्, सहकार्य गर्न तयार छौं’ उनले भने।

कार्यक्रमा त्रिपिटक उद्घाटन समरोहमा थाई राजगुरु, अखिल नेपाल भिक्षु महासंघका सभापती भिक्षु धम्मसोभन महास्थविर, महासचिव महासचिव भिक्षु धर्मगुप्त महास्थविर, सचिव निग्रोध महास्थविर, आइबिसिका महासचिव रिपोंछे जगछुप छोदेन, श्रीलंकाका राजदुत चमेरा रुवाङ्गी मुनासिंगे, थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्न, म्यानमारका राजदूत म्यूम्यून्ट माउङ, भिक्षु वजिरा, उपासक वाङमो डिक्सिले बोल्दै लुम्बिनी विश्वभरका बौद्धमार्गी र शान्तिप्रयहरुको पवित्र स्थल भएकाले त्रिपिटक पाठले बुद्धको उपदेश फैलाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।

त्रिपिटक पाठ वाचन समारोहमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, बोर्ड सदस्य श्याम रोक्का, राजेश शाक्य विभिन्न देशबाट आएका भिक्षु, लामा, उपासक उपासिका, स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त अवसरमा उपप्रधानमन्त्री सिंहले त्रिपिटक पाठ संग्रह पुस्तकको विमोचन गरेका थिए।

गौतम बुद्धले ४५ वर्षसम्म निरन्तर प्रदान गरेको ज्ञान एवं धर्म देशनाको संग्रहित ग्रन्थका रुपमा त्रिपिटकलाई लिईन्छ। अपि धम्म शुत्र पिटक, शुत्त पिटक र सम्राट अशोकको पालामा दोस्रो शताब्दी ईशापूर्वमा लेखिएको विनय पिटक गरी ३ ग्रन्थलाई मिलाइ बनाइएको ग्रन्थलाई नै त्रिपिटक भनिन्छ। त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो।

हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रहित छ। यो ग्रन्थ पाली भाषामा लेखिएको भएपनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ। आगामि २५ गतेसम्म चल्ने त्रिपिटक पाठ समारोहमा बर्षाका कारण मायादेवी परिसरमा गरिने भनिएको त्रिपिटक वाचन विहान साँढे ७ बजेदेखि साँझ ५ बजेसम्म मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ हुने प्रचार प्रसार संयोजक भिक्षु बिमलो स्थविरले जानकारी दिए। रासस