२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक महासङ्घले फागुन २४ गतेदेखि आन्दोलन गर्ने, ३६ हजार बढी शिक्षक काठमाडौँमा उतार्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले फागुन २४ गतेदेखि अर्को चरणको आन्दोलन गर्ने भएको छ ।

विद्यालय शिक्षा विधेयक तत्काल ल्याउन दबाब दिन महासङ्घले देशभरका शिक्षकहरूलाई काठमाडौँमा उतार्न लागेको हो ।

माइतीघर मण्डलामा हुने आन्दोलनका लागि ७७ वटै जिल्लाहरूबाट ३६ हजार १०० जना शिक्षक कर्मचारी सहभागी हुने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

महासङ्घले आन्दोलनमा सहभागी हुनका लागि शिक्षक कर्मचारीलाई विभिन्न समूहमा विभाजन गरेको छ । समूह ‘क’ अन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरबाट सबै शिक्षकलाई आन्दोलनमा सहभागी हुन भनिएको छ । तीन जिल्लाबाट सात हजार ५०० शिक्षक आन्दोलनमा सहभागी हुने बताईएको छ ।

त्यस्तै, महासङ्घले समूह ‘ख’ अन्तर्गतका तीन जिल्लाबाट तीन हजार, समूह ‘ग’ अन्तर्गतका २९ जिल्लाबाट १७ हजार ४००, समूह ‘घ’ अन्तर्गतका १३ जिल्लाबाट तीन हजार ९००, समूह ‘ङ’ अन्तर्गतका १९ जिल्लाबाट तीन हजार ८७०० र समूह ‘च’ अन्तर्गतका जिल्लाहरूबाट ५०० शिक्षकहरूलाई आन्दालनमा काठमाडौँ आउन भनेको छ ।

यसअघि गत वर्षको असोजमा देशभरका शिक्षक कर्मचारीहरूले काठमाडौँमा आन्दोलन गरेका थिए । नेपाल शिक्षक महासङ्घसँग यसअघि भएका सबै सहमति सम्बोधन हुनेगरी शिक्षा ऐन जारी गर्न दबाब दिने उद्देश्यले आन्दोलन गर्न लागेको हो ।