२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्युबबेल सुक्न थालेपछि पानीको समस्या



अ+ अ-

उदयपुर । हिउँमा यस वर्ष अहिलेसम्म वर्षा हुन नसकेपछि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा जमिनमुनि पानीको सतह घटेर ट्युबबेलमा पानी सुक्न थालेको छ । ट्युबबेलको पानी सुक्न थालेपछि स्थानीयलाई पिउने पानीको समस्या हुन थालेको हो ।

त्रियुगा नगरपालिका–१ को जोगीदह, २ को खैनपुर, मोथ्याइ, वडा नं १२ को बोटेटोल गाईघाट, वडा नं १३ असारी पोर्ताह, लक्ष्मीपुरसहितका क्षेत्रमा जमिनमुनि पानीको सतह घट्न थालेपछि ट्युबबेलबाट पानी आउन छाडेको स्थानीय प्रेमप्रसाद भुजेलले बताउनुभयो ।

असारी क्षेत्रका अहिले झण्डै चार दर्जनभन्दा बढी ट्युबबेल सुक्न थालेपछि पिउने पानीको समस्या भोग्नुपरेको स्थानीय बताउँछन् । त्रियुगा–१२ पुरानो गाईघाट, बोटेटोल तथा बुद्धचोक क्षेत्रमा पनि फागुनको पहिलो सातादेखि अधिकांश ट्युबबेलबाट पानी आउन छाडेपछि अन्यत्रबाट पिउने पानी ल्याएर उपभोग गर्न बाध्य भएको बुद्धचोकका शान्तिमाया कार्कीले बताउनुभयो ।

बुद्धचोक क्षेत्रका अहिले झण्डै तीनदर्जन हाराहारीका कल तथा ट्युबबेल सुकेका छन् । त्रियुगा–१ जोगिदह बरगाछीका स्थानीय उमानन्द ढुङ्गानाका अनुसार फागुनको पहिलो सातादेखि कल तथा ट्युबबेल सुक्न थालेका हुन् । सोही कारणले अहिले अधिकांशले इनारको दूषित पानी पिउनुपरेको उहाँको भनाइ छ ।

त्रियुगा–२ खैजनपुर क्षेत्रमा पनि फागुनको पहिलो सातादेखि ट्युुबबेलमा पानी सुक्न थालेपछि समस्या भइरहेको रेखा राजधामीले बताउनुभयो । मोथ्याइका कल मिस्त्री देवलाल चौधरीले भन्नुभयो, “यस पटक पुस, माघमा एक दुई पटक पनि वर्षा भएन, यही कारण जमिनमुनि पानीको सतह घटेर २५ फिटभन्दा तल झरिसकेको छ । बीस–बाइसफिट गहिराइमा गाडेका सबै ट्युबबेल, कलहरू सुकिसकेका छन्, अब ठूलो वर्षा नभएसम्म यी ट्युबबेलबाट पानी आउँदैन ।”

अहिले त्रियुगाका अधिकांश गाउँमा करिब तीन सयभन्दा बढी कल तथा ट्युबबेल सुकेपछि पिउने पानीको समस्या हुन थालेको हो । कल तथा ट्युबबेलबाट पानी आउन छाडेपछि कतिपय स्थानीय गाउँटोल नजिक रहेका इनारबाट पानी उपभोग गर्न थालेका लक्ष्मीपुरका सीताराम चौधरीले बताउनुभयो । रासस




भर्खरै