काठमाडौं । अमेरिकामा अवैधानिक रुपमा बसिरहेका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौँ आइपुगेको छ ।
आधिकारिक कागजातविनै अमेरिकामा बसिरहेका १० जना नेपालीलाई लिएर आएको जीआरपी-२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूलाई नेपाल छोडिएको हो । यससँगै, अमेरिकाबाट नेपाल फर्काईएकाको संख्या ३७ पुगेको छ । यसअघि २७ नेपाली काठमाडौं फर्काईएको थियो ।
अमेरिकाले नेपालसँगै भारत लगायत अन्य देशका अवैधानिक आप्रवासीहरुलाई पनि उनीहरुकै देश फर्काइरहेको छ ।










