१२ श्रावण २०८३, मंगलवार
,
Latest
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः ‘मड्रिड डर्बी’मा रियल विजयी, क्लब ब्रुगमाथि एस्टन भिल्लाको जित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा रियल मड्रिडले जित निकालेको छ । गएराति भएको पहिलो लेगमा रियलले शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई २–१ गोलले हराएको हो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जित दिलाउन रोड्रिगो र ब्राहिम डियाजले गोल गरे । एट्लेटिकोका युलियन अल्भारेजले एक गोल फर्काए । खेलको चौंथो मिनेटमा नै रियलले रोड्रिगोले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

३२ औं मिनेटमा अल्भारेजले गोल गर्दै एट्लेटिकोलाई बराबरीमा ल्याए । ५५ औं मिनेटमा डियाजले गोल गर्दै रियललाई जित दिलाए । अब दोस्रो लेग मार्च १३ मा एट्लेटिकोको घरेलु मैदानमा हुनेछ ।

यस्तै, गएराति भएको अर्को खेलमा इंग्लिस क्लब एस्टन भिल्लाले बेल्जियन क्लब ब्रुगलाई उसकै घरेलु मैदानमा ३–१ गोलले हरायो ।

भिल्लाको जितमा नियोन बेली र मार्को एसेन्सीओले (पेनाल्टी) गोल गरे ।

ब्रुगका माक्सिम डि कुइपरले एक गोल फर्काए । यस्तै, एक गोल भिल्लाले उपहारस्वरुप पायो । ब्रुगका ब्रान्डन मेकेलेले आत्मघाती गोल गरे ।

अब दोस्रो लेगको खेल मार्च १३ मा भिल्लाको घरेलु मैदानमा हुनेछ ।