८ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाबाट आज पाँच अध्यादेश पारित गरिँदै, कांग्रेस–एमालेको ह्वीप



अ+ अ-

काठमाडौं । निकै लामो बहस र छलफलपछि प्रतिनिधिसभाबाट आज पाँच वटा अध्यादेश पारित गरिने भएको छ । सरकारले ल्याएको भूमीसम्बन्धी अध्यादेश भने आजको बैठकको कार्यसूचीमा राखिएको छैन ।

बैठकको सम्भावित कार्यसूचीमा ’अध्यादेश स्वीकार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने उल्लेख छ । त्यसैलाई मध्यनजर गरी एमाले र कांग्रेसले सांसदहरूलाई ह्वीप लगाएका छन् ।

सिंहदरबारमा हिजो बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले पाँच अध्यादेशलाई स्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

सत्तारुढ दलभित्रै विवादमा रहेको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशबाहेक पाँच अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गरिने सम्भावित कार्यसूचीमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव राख्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यसपछि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुन गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव राख्नेछन् ।

प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा सभामुख देवराज घिमिरेले बैठक सुरु हुनु अगाडि संशोधन गर्न पनि सक्नेछन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने भएपछि सत्तारुढ एमाले र कांग्रेसले सांसदहरूलाई अनिवार्य उपस्थित हुन भन्दै ह्वीप जारी गरेका छन् । आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएका पाँच अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव राख्ने भएकाले एमाले र कांग्रेसले सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन् ।




भर्खरै