एजेन्सी । च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया खेल्दैछन् । दुबईको अन्तर्राष्ट्रिय रंगशालामा हुनलागेको खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेबाट सुरु हुनेछ । यहाँ दुवै टोली पहिलो पटक आमनेसामने हुँदैछन् ।
दुवै टोली आईसीसी प्रतियोगिताको नकआउटमा भने ९ औं पटक भिड्दैछन् । यसअघिको भिडन्तमा दुवैले ४–४ जित हात पारेका थिए । यी दुईको अन्तिम भेट २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा भएको थियो । विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई घरेलु मैदानमा ६ विकेटले पराजित गर्दै स्तब्ध बनाएको थियो ।
हेड–टु–हेड: एकदिवसीयमा अस्ट्रेलियाको अग्रता
भारत र अस्ट्रेलियाबीच अहिलेसम्म १५१ ओडीआई खेलिएको छ । जसमा भारतले ५७ खेल जितेको छ भने अष्ट्रेलिया ८४ खेल जितेको छ । १० खेलमा नतिजा आएको छैन । दुबईमा भने दुवै टोली पहिलो पटक भिड्दैछन् । भारतले प्रतियोगितामा आफ्ना तीनवटै खेल यही मैदानमा खेलेको थियो भने अष्ट्रेलियाले तीनवटै खेल पाकिस्तानमा खेलेको थियो।
आईसीसी प्रतियोगितामा पनि अष्ट्रेलिया अगाडि
आईसीसीका दुई ओडीआई प्रतियोगिताहरू विश्वकप र च्याम्पियन्स ट्रफीमा अष्ट्रेलिया अगाडि रहेको छ । यी दुई टोलीबीच हालसम्म १८ पटक भिडन्त भएको थियो । जसमा भारतले ७ र अष्ट्रेलियाले १० पटक जितेको छ । यस अवधिमा एक खेल पनि अनिर्णित रह्यो ।
आईसीसी प्रतियोगिताको नकआउटमा भने दुवै टोली ९ औं पटक भिड्दैछन् । यसअघिका ८ खेलको नतिजा बराबरी रहेको थियो । दुवैले ४–४ पटक जितेका छन् ।
दुबै टोलीको सम्भावित प्लेइङ–११ः
भारतः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, रविन्द्र जडेजा, कुलदीप यादव, हर्षित रानारवरुण चक्रवर्ती र मोहम्मद शामी।
अष्ट्रेलियाः स्टीभ स्मिथ (कप्तान), ट्राभिस हेड, ज्याक फ्रेजर मगार्चरकुपर कोनोली, मार्नस लाबुस्चेन, जोश इंग्लिस (विकेटकीपर), एलेक्स केरी, ग्लेन म्याक्सवेल, नाथन एलिस, बेन द्वारशा, एडम जाम्पा, तनवीर सांघा।










