१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार झमक घिमिरेमा थपियो नसाको रोग, उपचारमा समस्या



अ+ अ-

धनकुटा । मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेलाई नशाको समस्या थपिएको छ । उहाँलाई उपचारमा समेत समस्या थपिएको छ ।

धनकुटाको कचिडेमा जन्मिएकी ४४ वर्षीया साहित्यकार घिमिरेका दुइटै हात र खुट्टा चल्दैनन् । उहाँ बोल्न सक्नुहुन्न । जन्मजात मष्तिष्क पक्षघातबाट पीडित घिमिरेले देब्रेखुट्टाका दुई औंलाको सहारामा लेखेकामध्ये १४ वटा साहित्यिक कृति प्रकाशित भइसकेका छन् । उहाँको आत्मकथा जीवन काँडा कि फूल ले २०६८ सालको मदन पुरस्कार समेत प्राप्त गरेको थियो ।

शारीरिक असक्तताका बीच नै उहाँले आफूलाई सशक्त लेखक बनाउनुभयो । तर यति बेला उहाँको स्वास्थ्य प्रतिकूलता थप जटिल बन्दै गएको छ । बिमारीले च्याप्दै लगेपछि उहाँले लेख्न सक्नुभएको छैन् भने दैनिक हेरचाह र उपचारमा समेत समस्या थपिँदै गएको छ ।

अध्ययन र लेखनको कामबाट कहिल्यै नथाक्ने उहाँमा पुरानो रोग छँदै थियो, अहिले नसाको समस्या थपिएको छ । नियमित बाहेक उहाँमा बारम्बार आकस्मिक र फरक स्वास्थ्य समस्या देखिन थालेका छन् ।

सरकारले झमक घिमिरेका लागि काठमाडौंको गोठाटारमा घर बनाइदिएको थियो । तर उहाँ त्यो घरमा लामो समय बस्न सक्नुभएन । झमकका लागि सरकारले उपलब्ध गराउने मासिक २५ हजार रुपैयाँ निर्वाह भत्ता र पुस्तक बिक्री बापत केही रकम प्राप्त हुन्छ । त्यसैले उहाँको दैनिकी, औषधि र उपचार चलेको छ ।

झमक अहिले धनकुटाको कचिडेस्थित घरमा आमाबाबु र बहिनीका साथमा हुनुहुन्छ । ८१ वर्षीय बाबु कृष्णबहादुर घिमिरे पक्षघातले थलिनुभएको छ । सडक दुर्घटनापछि आमा आशादेवी सजिलो गरी हिँड्न सक्नुहुन्न । झमकका भाइ वैदेशिक रोजगारीको बाध्यताले टाढिएको धेरै भयो । झमकलाई यति बेला थप हेरचाह र उपचार आवश्यक छ ।