६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोभार सुक्खा बन्दरगाहमा तातोपानी नाकाबाट सवारी साधन आउन शुरु



अ+ अ-

काठमाडौं । दुई वर्षअघिदेखि सञ्चालनमा आएको चोभारस्थित सुक्खा बन्दरगाहामा तातोपानी नाकाबाट समेत भन्सार चाँचपासका लागि मालवाहक सवारी साधन आउन सुरु गरेको छ । यसअघि वीरुगन्ज नाकाबाट मात्र कन्टेनराइज्ड कार्गो र नयाँ सवारी साधन आउने गरेका थिए ।

चोभारस्थित सुक्खा बन्दरगाहा २०७८ साल चैत २२ गतेदेखि सञ्चालनमा आएको हो । यही फागुन १५ गते कोभेक (क्रिग–कालिका जोइन्ट भेन्चर कम्पनीले आयात गरेको हाइड्रोपावरको सामान बोकेका ४ वटा कन्टेनरहरु पहिलो पटक तातोपानी नाकाबाट भन्सार जाँचपासको लागि सिधै चोभार सुक्खा बन्दरगाह आइपुगेका हुन् ।

अर्थ मन्त्रालयले २०८१ कात्तिक गते राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासको लागि सामान ल्याउन चाहने पैठारीकर्ताको लागि सडक मार्ग तोकेको थियो । यसअघि दक्षिणी नाकाहरु वीरगञ्ज, विराटनगर, काँकडभिट्टा र भैरहवा भन्सार कार्यालयबाट मात्र चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासको लागि सामान ल्याउन पाउने व्यवस्था थियो ।

तातोपानी नाकाबाट समेत भन्सार जाँचपासको लागि कन्टेनराइज्ड मालवस्तु आउन थालेपछि चोभार सुक्खा बन्दरगाहमा थप चहलपहल बढ्न थालेको र उक्त सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनको लागि थप टेवा पुग्ने नेपाल इन्टरमोडल यातायात विकास समितका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभयो ।

पर्याप्त भौतिक पूर्वाधार, न्यूनतम सेवा शुल्क लगायत स्तरीय सेवा प्राप्त हुने भएकोले आगामी दिनमा आयात निर्यातकर्ताहरुले नियमित रुपमा मालवाहक सवारी साधन सवारी चोभार आउने जानकारी समेत कार्यकारी निर्देशकले बताउनु भयो । त्यसैगरी आगामी दिनमा रसुवानाकाबाट पनि भन्सार जाँचपास गर्न सवारी साधन तथा कन्टेनर आउने वातावरण बनेको छ । काठमाडौंमा आयात हुने सामान र काठमाडौ वरिपरीबाट निर्यात गर्न चोभार सुक्खा बन्दरगाहबाट स्तरीय सेवा दिइने हुँदा यस बन्दरगाहको अधिकतम प्रयोग गर्न व्यवसायीहरुलाई कार्यकारी निर्देशक आशिष गजुरेलले जोड दिनु भयो ।