• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु ★   तपाईको जीवनमा शुभ समय आउनुअघि घरमा देखिन्छन् यी संकेत ★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह ★   जयपृथ्वी राजमार्ग अवरूद्ध ★   मनोज गजुरेलको घरमा ताला लगाउन दलबलसहित पुगेकी मीना ढकाल पक्राउ ★   दोर्दीको दारबाट ठेकीदेखि करुवासम्म ★   युरो कपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ? ★   उर्लिएको नारायणीमा एक पुरुषले साइकल पुलमै छाडेर हामफाले ★   विश्व च्याम्पियन भारत जिम्बाब्वेसँग हार्यो, डेब्यु गर्ने तीन खेलाडीले १० रन समेत बनाउन सकेनन् ★   बाढी, पहिरो र डुबानमा परेर देशभर १४ जनाको मृत्यु

सन्दीपले दुई विकेट लिएको खेलमा जमैका पराजित



काठमाडौँ । लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उहाँको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिनुभएको हो । 

सन्दीपको टोली जमैका भने बर्बाडोस ट्राइडेन्ससित ३६ रनले पराजित भएको छ । उक्त खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चिनुभयो । प्रारम्भमा ब्याटिङ गरेको बर्बाडोसले ७ विकेटको क्षतीमा १४८ रन बनायो । उसका लागि केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन बनाउनुभयो । बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो । मिसेल सेन्टनरले २० रन बनाए पनि अरु खेलाडीको प्रर्दशन उल्लेख्य रहेन । जमैकाका लागि मुजिद उर रहमानले ३ तथा फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक एक विकेट लिए ।

एक सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले ९ विकेट गुमाएर मात्र ११२ रन बनाउन सक्यो । जमैकाका लागि नक्रमा बोनरले सर्वाधिक ३१ रन बनाए । आजको खेलमा सन्दीपले पनि ब्याटिङ गरेका थिए । उनले ६ बल खेल्दै ४ रन बनाई अविजित रहे । जमैकाले हालसम्म खेलेको ५ खेलमध्ये २ मा जित तथा तीनमा हार बेहोर्दै ४ अङ्क जोडेको छ । जमैका अङ्क तालिकाको पाँचौ स्थानमा छ । आजको खेलमा विजयी भएको बार्बाडोस ४ अङ्कसहित रनरेटका आधारमा तेस्रो स्थानमा उक्लिएको छ । उसले ५ खेलमा दुईमा जित तथा तीन खेलमा हार बेहोरेको छ । सन्दीप सम्मिलित जमैकाले आफ्नो छैटौँ खेल भदौ १४ गते खेल्नेछ ।