३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भार्डेलाई क्लबको एक वर्ष उपहार



अ+ अ-

काठमाडौं । लेस्टर सिटीका स्ट्राइकर जेमी भार्डेले क्लबसँगको सम्झौता सन् २०२३ सम्मका लागि लम्ब्याएका छन्। ३३ वर्षे भार्डेको लेस्टरसँगको सम्झौता अबको दुई वर्षसम्मका लागि थियो। गत सिजन प्रिमियर लिगको शीर्ष गोलकर्ता बनेसँगै क्लबले उनलाई उपहारस्वरूप थप एक वर्ष सम्झौता अवधि थप गरेको हो। उनले गत सिजन प्रिमियर लिगमा २३ गोल गरेका थिए।

‘पुनः एक पटक लेस्टर सिटीसँग सम्झौता थप गर्दा मैले गर्वको महसुस गरिरहेको छु,’ भार्डेले भने, ‘म घरेलु मैदान किङ्स पावर रंगशालामा घरेलु समर्थकका माझ खेल्न पाउँदा सधैं उत्साही हुन्छु। यो यात्राले निरन्तरता पाएको छ। क्लब र मेरा लागि नै यो विशेष क्षण हो। हाम्रो टोली उत्कृष्ट छ। हामी राम्रोभन्दा राम्रो नतिजा ल्याउन सक्षम छौं। गत सिजन हामीले गरेको प्रदर्शनले हाम्रा खेलाडीको क्षमता प्रमाणित गर्छ। यस्तै सफलता र लय टोलीले निरन्तरता पाउनेमा पनि म विश्वस्त छु।’

लेस्टरमा ८ सिजन बिताउँदै भार्डेले ३ सय १० खेलमा १ सय ३० गोल गरिसकेका छन्।