• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’…. ★   प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ: प्रतिनिधि सभाका सांसदहरु ★   तपाईको जीवनमा शुभ समय आउनुअघि घरमा देखिन्छन् यी संकेत ★   कालीगण्डकी र म्याग्दी नदीमा जलसतह बढेपछि सतर्क रहन आग्रह ★   जयपृथ्वी राजमार्ग अवरूद्ध

भार्डेलाई क्लबको एक वर्ष उपहार



काठमाडौं । लेस्टर सिटीका स्ट्राइकर जेमी भार्डेले क्लबसँगको सम्झौता सन् २०२३ सम्मका लागि लम्ब्याएका छन्। ३३ वर्षे भार्डेको लेस्टरसँगको सम्झौता अबको दुई वर्षसम्मका लागि थियो। गत सिजन प्रिमियर लिगको शीर्ष गोलकर्ता बनेसँगै क्लबले उनलाई उपहारस्वरूप थप एक वर्ष सम्झौता अवधि थप गरेको हो। उनले गत सिजन प्रिमियर लिगमा २३ गोल गरेका थिए।

‘पुनः एक पटक लेस्टर सिटीसँग सम्झौता थप गर्दा मैले गर्वको महसुस गरिरहेको छु,’ भार्डेले भने, ‘म घरेलु मैदान किङ्स पावर रंगशालामा घरेलु समर्थकका माझ खेल्न पाउँदा सधैं उत्साही हुन्छु। यो यात्राले निरन्तरता पाएको छ। क्लब र मेरा लागि नै यो विशेष क्षण हो। हाम्रो टोली उत्कृष्ट छ। हामी राम्रोभन्दा राम्रो नतिजा ल्याउन सक्षम छौं। गत सिजन हामीले गरेको प्रदर्शनले हाम्रा खेलाडीको क्षमता प्रमाणित गर्छ। यस्तै सफलता र लय टोलीले निरन्तरता पाउनेमा पनि म विश्वस्त छु।’

लेस्टरमा ८ सिजन बिताउँदै भार्डेले ३ सय १० खेलमा १ सय ३० गोल गरिसकेका छन्।




भर्खरै