२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईबाट ‘बोटिम’ मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा रु ५०० सम्म बोनस



अ+ अ-

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले युएईबाट बोटिम मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा रु ५०० सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्बजनिक गरेको छ ।

‘बोटिम’ एप मार्फत युएईमा बस्ने नेपालीले नेपालमा आइएमई पे एपमा रकम पठाउन मिल्ने साझेदारी अन्तर्गत यो अफरले युएईमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीमा थप उत्साह थप्न मद्त गर्ने विश्वास कम्पनिले राखेको छ ।

यहि फाल्गुन १५ देखि चैत्र १५ सम्म लागु हुने अफर अन्तर्गत नेपाली रु १०,००० वा त्यो भन्दा बढि प्राप्त गर्ने १० जना भाग्यशाली विजेताले बोनस रकम प्राप्त गर्न सक्नेछन् ।

आइएमई पेमा विदेशको कुनैपनि कुनाबाट पठाएको रकम सजिलै प्राप्त गर्न सकिन्छ। विदेशमा कडा परिश्रम गरी कमाएर पठाएको पैसा सुरक्षित माध्यम मार्फत छिट्टै र सजिलै नेपालमा आफ्नो परिवारको हातमा प्राप्त गराउन ‘आइएमई पे’ले लामो समय देखि सेवा दिँदै आएको छ।

आइएमई पे को बारेमाः

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। यसले व्यक्ति-व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरू भुक्तान गर्न मिल्ने सेवा समेत प्रदान गर्दै आइरहेको छ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरूको पनि सुविधा उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।