१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री

अक्षरा बाल साहित्य महोत्सव सम्पन्न

अक्षरा बाल साहित्य महोत्सव सम्पन्न
अ अ+ अ-

काठमाडौं । विद्यार्थी र अभिभावकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आज यहाँ ‘अक्षरा बाल साहित्य महोत्वस’को आयोजना गरियो । काठमाडौँको कागेश्वरी मनोहरामा अवस्थित अक्षरा विद्यालयद्वारा आयोजित सो महोत्सवमा विविध साहित्यिक रचना प्रस्तुत गरिएको थियो । 
    
महोत्सवमा पूर्वप्रधानमन्त्री तथा राजनीतिज्ञ डा बाबुराम भट्टराई, साहित्यकार अमर न्यौपानेलगायतका लेखक तथा साहित्यकारहरुको उपस्थिति थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक शिक्षिकाले लेखकसमक्ष शिक्षा र साहित्यसँग सम्बन्धित जिज्ञासा व्यक्त गरेका थिए । उपस्थित सर्जक र सहभागीबीच जीवनमा साहित्यको महत्व र यसप्रतिको रुचिका साथै नागरिकले साहित्यसम्बन्धी अभिव्यक्त कसरी राख्ने भन्नेबारेमा चर्चा भएको थियो ।

करिब चार हजार दर्शकले अवलोकन गरेको महोत्वसमा लेखकसँग साहित्य संवाद, साहित्यिक कार्यशाला, साङ्गीतिक प्रस्तुति, पपेट शो, पुस्तक प्रदर्शनीलगायतका सिर्जनात्मक तथा रचनात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

महोत्सवअन्तर्गतका तीनसत्रमा विभिन्न १३ वटा भाषा एवं साहित्य शिक्षणसम्बन्धी कार्यशाला आयोजना गरिएको थियो । यस कार्यक्रममा २४ विद्यालयका करिब ७०० विद्यार्थी सामेल भएका थिए ।

कार्यक्रममा अन्य विद्यालयका विद्यार्थी तथा अभिभावकलाई पनि सहभागी गराउन पाउँदा आफू एकदमै खुसी भएको अक्षराकी प्रधानाध्यापक अञ्जु भट्टराईले बताउनुभयो । “हामीले साहित्यिक कार्याक्रम त प्राय प्रत्येक साता गर्दै आएका थियौँ तर यसरी साहित्यिक महोत्सव भने पहिलो पटक सम्पन्न ग¥र्यौं”, प्रधानाध्यापक भट्टराईले भन्नुभयो । 
    
उहाँले पाठ्यक्रममा आधारित पुस्तकले पेशालाई चाहिने सीप तथा साहित्यले जीवन जीउने कला सिकाउने प्रधानाध्यापक भट्टराईले बताउनुभयो । कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले विद्यालय, विद्यालय मात्र नभएर विद्यार्थी तथा अभिभावकलाई जोड्ने यस्ता महोत्सवले समाजमा सकारात्मक सन्देश दिने बताउनुभयो ।