२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

४५ दिने महाकुम्भ समापन



अ+ अ-

एजेन्सी । भारतको प्रयागराजमा चलेको ४५ दिने महाकुम्भ हिजो (बुधबार) सम्पन्न भएको छ । तर, आज पनि मेलामा भक्तजनको भीड लागेको छ । संगम स्नान गर्न मानिसहरु आउने गरेका छन् । मेलामा पसलहरु पनि लागिरहेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, दुबै उपमुख्यमन्त्री ब्रजेश पाठक र केशव प्रसाद मौर्य, रेलमन्त्री अश्विनी वैष्णव संगम पुगेका छन् ।

योगी र दुवै उपमुख्यमन्त्रीले अराइल घाटमा सरसफाइ गरेका छन् । सबैले गंगाबाट फोहोर निकाले । गंगाको पूजा गरे ।

योगीले दिउँसो गंगा पण्डलमा प्रहरी, सरसफाइ कर्मचारी र नाविकहरूलाई सम्मान गर्नेछन् ।

बुधबार महाशिवरात्रिको अवसर परेको थियो भने महाकुम्भको अन्तिम स्नान थियो । यस अवधिमा १.५३ करोड मानिसले डुबकी लगाए । सम्पूर्ण महाकुंभ कार्यक्रममा कीर्तिमानी ६६ करोड भक्तहरूले स्नान गरे । यो संख्या अमेरिकाको जनसंख्याको दोब्बर (लगभग ३४ करोड) हो ।

संगममा डुब्नेको यो संख्या १९३ देशको जनसङ्ख्याभन्दा बढी हो । महाकुम्भमा आउने भक्तजनको संख्या भारत र चीनमा मात्रै छ । योगी सरकारले विश्वमा हिन्दुहरुको आधा जनसंख्या बराबर मानिस यहाँ आएको दाबी गरेको छ ।