काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को नवौं खेल आज पाकिस्तान र बंगलादेशबीच हुँदैछ ।
खेल रावलपिण्डी क्रिकेट रंगशालामा दिउँसो पौने तीन बजे सुरु हुनेछ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका छन् । यो दुबैको अन्तिम समूह खेल हो ।
पाकिस्तान र बंगलादेश दुबै टोलि पहिलो जितको खोजीमा छन् । पहिलो खेलमा पाकिस्तान न्युजिल्यान्डसँग तथा दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।
त्यसैगरी बंगलादेशले पहिलो खेलमा भारत र दोस्रो खेलमा न्युजिल्यान्डसँग हार बेहोरेको थियो ।
दुवै टोली च्याम्पियन्स ट्रफीको इतिहासमा पहिलो पटक आमनेसामने हुँदैछन् । एकदिवसीयमा दुईबीच ३९ पटक भिडन्त भएको छ । जसमध्ये ३४ खेल पाकिस्तान र ५ खेल बंगलादेशले जितेको छ ।
यी दुई पछिल्लो पटक २०२३ को एकदिवसीय विश्वकपमा आमनेसामने भएका थिए । जसमा पाकिस्तान ७ विकेटले विजयी भएको थियो ।










