२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियामा पुल भत्किँदा ४ जनाको मृत्यु, ६ जना घाइते



अ+ अ-

एजेन्सी । दक्षिण कोरियाको राजमार्ग निर्माण स्थलमा मंगलवार पुल भत्किँदा चार जना कामदारको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरूले बताएका छन् ।

पुलमाथि राखिएको चार वा पाँच प्लेटहरू मिलेर बनेको संरचना सियोलबाट लगभग ६५ किलोमिटर दक्षिणमा रहेको आन्सेओङमा रहेको राजमार्ग निर्माण स्थलमा भत्किएको थियो । जमिनमा लडेर भग्नावशेषमा पुरिएका १० जना कामदारमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।

अन्य पाँच जना गम्भीर घाइते भएका छन् भने एक जना सामान्य घाइते भएका छन् । क्रेन प्रयोग गर्ने र माथिल्लो प्लेटहरूलाई खाँबोहरू बीच जोड्ने क्रममा भत्किँदा दुर्घटना भएको हो ।

अग्नि नियन्त्रण अधिकारीहरूले उद्धार कार्यका लागि ९२ वटा उपकरण र लगभग १७० जना कर्मचारी परिचालन गरेका छन् ।