१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला च्याम्पियनसिपः उपाधिका लागि नेपाल र म्यानमार भिड्दै



अ+ अ-

काठमाडौँ । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ ।

फाइनल खेल दशरथ रङ्गशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । नेपाल आजको खेल जित्दै उपाधि खडेरी अन्त्य गर्न चाहन्छ । नेपालले समग्रमा १३औँ पटक फाइनल खेल्दै छ ।

१२औँ पटक फाइनलमा असफल भएको नेपाललाई घरेलु मैदानमा फाइनल जित्दै पहिलो पटक उपाधि जित्ने सुनौलो अवसर छ ।

नेपाली महिला टिम ‘साफ महिला च्याम्पियनसिप’मा चारपटक भारत र दुईपटक बंगलादेशसँग तथा दक्षिण एसियाली खेलकुद (साग)मा तीनपटक भारतसँग फाइनलमा पराजित भएको छ ।

गत ५ फागुनदेखि काठमाडौंमा सुरु भएको प्रतियोगितामा नेपालसहित म्यानमार, कीर्गिस्तान र लेबनान प्रतिस्पर्धामा थिए । जसमा नेपाल र म्यानमार दुवैले लेबनान र कीर्गिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

लिग चरणमा भएका तीन–तीन खेलमा दुई–दुई खेल जित्दै र एक बराबरी खेल्दै समान ७ अंक जोडेर दुुवै टोली फाइनलमा पुगेका हुन् । गोलअन्तरमा म्यानमार पहिलो र नेपाल दोस्रो हुँदै फाइनलमा स्थान बनाए ।

नेपाल र म्यानमारबीच चारपटक प्रतिस्पर्धा भएको छ । जसमा म्यानमारले दुई खेल जित्दा दुई खेल बराबरीमा सकिएको छ ।

सन् २०१८ मा भएको ‘ओलम्पिक एसिया छनोट’ पहिलो चरणमा नेपाल र म्यानमारले १–१ को बराबरी खेलेका थिए भने सन् २०१९ मा भारतमा सम्पन्न ‘हिरो कप लिग चरण’मा नेपाल म्यानमारसँग ३–० तथा फाइनलमा ३–१ ले पराजित हुन पुगेको थियो ।

फाइनल खेलका लागि साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार टिकट दर तोकिएको छ । फाइनल खेलमा निर्धारित समय बराबरी भए अतिरिक्त ३० मिनेट थप हुने र त्यसपछि पनि बराबरीमा भएमा खेल पेनाल्टी सुटआउटमा जाने छ ।