२८ मंसिर २०८२, आईतवार
,
Latest
गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी पूर्वराष्ट्रपति भण्डारी पार्टीमा फर्किन चाहे निवेदन दिनुपर्छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कबिर सिंह’का लागि दिनमा २० वटा चुरोट पिउँथे शाहिद



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहिद कपुरको आज ४४ औं जन्मदिन हो । उनले इश्क–विश्क, विवाह, जब वी मेट, हैदर, कबीर सिंह जस्ता फिल्ममा काम गरेका छन् ।

एक समय थियो जब शाहिदको छवि चकलेट हिरोको रुपमा थियो । तर जस्तोसुकै भूमिकामा आफूलाई प्रयोग गरेर उनले प्रमाणित गरे कि उनी जुनसुकै लुक्समा पनि भूमिका गर्न सक्छन् ।

तर, यी भूमिकाको पूर्णताका लागि शाहिदले निकै संघर्ष गर्नुका साथै त्याग पनि गर्नुपरेको थियो । कहिले उनले कडा आहार पालन गर्नुपर्थ्यो, कहिले नचाहेर पनि दिनमा २०–२० चुरोट पिउनुपर्थ्यो ।

शाहिदले फिल्म इश्क–विश्क (२००३) बाट नायकको रूपमा बलिउडमा डेब्यू गरेका थिए । करिब २ सय अडिसनमा ४ वर्षको संघर्ष र रिजेक्टपछि उनले यो फिल्म पाएका हुन् । यसमा साहिदको चकलेट ब्वाई लुकलाई फ्यानले निकै मन पराए ।

अर्का अभिनेता ऋतिक रोशनले शाहिदभन्दा २ वर्ष अगाडि बलिउडमा डेब्यू गरेका थिए ।

२०१९ को फिल्म कबीर सिंहको नाम शाहिदको करियरको उत्कृष्ट फिल्मको सूचीमा पर्छ । ५५ करोडमा बनेको यो फिल्मले ३७७ करोड कमाएको थियो ।

आफ्नो लुकलाई परफेक्ट बनाउन शाहिदले सुटिङकै क्रममा तौल बढाए र घटाए । मादकको भूमिकाका लागि उनले फूलेको र आकारहीन देखिनु पर्ने भएकाले ८ किलो तौल बढाएका थिए ।

त्यसपछि उनले त्यही फिल्ममा मेडिकल स्टुडेन्टको भूमिका खेल्न १२ किलो तौल घटाए ।

रियल लाइफमा कहिल्यै चुरोट नपिउने शाहिदले यो फिल्मको सुटिङका ​​क्रममा दिनमा करिब २० चुरोट पिउने गर्थे । इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा शाहिदले भनेका थिए– ‘म दिनमा २० वटा चुरोट पिउँथें । त्यसपछि म घर फर्किनुअघि २ घन्टा नुहाउने गर्थेँ, ताकि मेरो भूमिकाको नकारात्मकताले बालबालिका र अरूलाई असर नहोस् ।’