१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कबिर सिंह’का लागि दिनमा २० वटा चुरोट पिउँथे शाहिद



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता शाहिद कपुरको आज ४४ औं जन्मदिन हो । उनले इश्क–विश्क, विवाह, जब वी मेट, हैदर, कबीर सिंह जस्ता फिल्ममा काम गरेका छन् ।

एक समय थियो जब शाहिदको छवि चकलेट हिरोको रुपमा थियो । तर जस्तोसुकै भूमिकामा आफूलाई प्रयोग गरेर उनले प्रमाणित गरे कि उनी जुनसुकै लुक्समा पनि भूमिका गर्न सक्छन् ।

तर, यी भूमिकाको पूर्णताका लागि शाहिदले निकै संघर्ष गर्नुका साथै त्याग पनि गर्नुपरेको थियो । कहिले उनले कडा आहार पालन गर्नुपर्थ्यो, कहिले नचाहेर पनि दिनमा २०–२० चुरोट पिउनुपर्थ्यो ।

शाहिदले फिल्म इश्क–विश्क (२००३) बाट नायकको रूपमा बलिउडमा डेब्यू गरेका थिए । करिब २ सय अडिसनमा ४ वर्षको संघर्ष र रिजेक्टपछि उनले यो फिल्म पाएका हुन् । यसमा साहिदको चकलेट ब्वाई लुकलाई फ्यानले निकै मन पराए ।

अर्का अभिनेता ऋतिक रोशनले शाहिदभन्दा २ वर्ष अगाडि बलिउडमा डेब्यू गरेका थिए ।

२०१९ को फिल्म कबीर सिंहको नाम शाहिदको करियरको उत्कृष्ट फिल्मको सूचीमा पर्छ । ५५ करोडमा बनेको यो फिल्मले ३७७ करोड कमाएको थियो ।

आफ्नो लुकलाई परफेक्ट बनाउन शाहिदले सुटिङकै क्रममा तौल बढाए र घटाए । मादकको भूमिकाका लागि उनले फूलेको र आकारहीन देखिनु पर्ने भएकाले ८ किलो तौल बढाएका थिए ।

त्यसपछि उनले त्यही फिल्ममा मेडिकल स्टुडेन्टको भूमिका खेल्न १२ किलो तौल घटाए ।

रियल लाइफमा कहिल्यै चुरोट नपिउने शाहिदले यो फिल्मको सुटिङका ​​क्रममा दिनमा करिब २० चुरोट पिउने गर्थे । इन्डियन एक्सप्रेससँगको अन्तर्वार्तामा शाहिदले भनेका थिए– ‘म दिनमा २० वटा चुरोट पिउँथें । त्यसपछि म घर फर्किनुअघि २ घन्टा नुहाउने गर्थेँ, ताकि मेरो भूमिकाको नकारात्मकताले बालबालिका र अरूलाई असर नहोस् ।’