२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीमा कसैको बहुमत आएन, धेरै सिट जित्ने सीडीयूका नेता मर्ज चान्सलर बन्ने



अ+ अ-

काठमाडौं । जर्मनीमा आइतबार सम्पन्न आमनिर्वाचनमा कन्जरभेटिभ क्रिस्टियन डेमोक्रेटिक युनियन (सीडीयू) विजयी भएको छ । फ्रेडरिक मर्ज नेतृत्वको सीडीयूले सबैभन्दा बढी २८ दशमलव ६ प्रतिशत मत पाएको छ । सबैभन्दा ठूलो दल बने पनि सीडीयूले अपेक्षा गरेअनुसारको ३० प्रतिशतभन्दा कम मत ल्याएको हो ।

मतदानबाट चरम दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) दोस्रो ठूलो दल बनेको छ । एएफडीले २० प्रतिशत मत पाएको छ । तर उक्त दलले अझै बढी मत ल्याउने सर्वेक्षणहरूले देखाएका थिए । एसपिडीले १६.४, ग्रीन्सले ११.६, लेफ्टले ८.८, बीएसडब्लूले ४.९७, एफडीपीले ४.३ प्रतिशत मत ल्याएका छन् ।

६ सय ३० सिटको बुन्डेसटाग (जर्मन संसद) मा सरकार गठनका लागि ३ सय १६ सिट आवश्यक पर्छ । सीडीयूले २ सय ८ सिट जितेको छ । मत परिणामअनुसार सरकार बनाउन सीडीयूलाई थप १ सय ८ मत चाहिने भएको छ । एएफडीले १ सय ५२, एसपिडीले १ सय २०, ग्रिन्सले ८५, लेफ्टले ६४ सिट पाएका छन् । सम्भावित गठबन्धन सरकार सीडीयू र एसपीडीबीच हुने जर्मन सञ्चारमाध्यमले जनाएका छन् । यदि एसपीडी गठबन्धनमा सहभागी नभएमा सीडीयूले ग्रिन्स र लेफ्टलाई मनाउनुपर्ने देखिन्छ ।

चुनावी परिणामसँगै सिडियू नेता फ्रेडरिक मर्ज नयाँ चान्सलर बन्ने निश्चित भएको छ । जनताले आफूहरूलाई विश्वास गरेको खुसी व्यक्त गर्दै उनले भनेका छन्, ‘आज हामी उत्सव मनाइरहेका छौं । भोलिदेखि काम गर्नेछौं ।’ उनले आफ्ना जिम्मेवारीबारे जानकार रहेको बताएका छन् ।

चुनावी नतिजापछि यूरोपेली नेताहरूले मर्जलाई बधाई दिएका छन् । बेलायती प्रधानमन्त्री केयर स्टार्मरले ‘जर्मनीको नयाँ सरकारसँग मिलेर काम गर्न र दुवै देशबीच पहिलेदेखि रहेको मजबुद सम्बन्धलाई अझ राम्रो बनाउँदै काम गर्न तयार रहेको’ बताएका छन् ।

यस्तै फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोले मर्जलाई बधाई दिँदै दुई देश मिलेर शक्तिशाली युरोपका लागि काम गर्ने बताएका छन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले किभ जर्मनीसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । ’युरोपले उद्योगहरू स्थापना गर्नुपर्छ र नतिजा निकाल्नुपर्छ । युरोपले आफ्नो प्रतिरक्षा आफै गर्न सक्षम हुनुपर्छ,’ उनले भनेका छन् ।

त्यस्तै, इटाली, हंगेरी, अस्ट्रिया, इजरायल लगायतका देशले पनि मर्जलाई बधाई दिँदै मिलेर अघि बढ्न तयार रहेको बताएका छन् ।

रुसले भने मर्जको विजयमा सावधानीपूर्वक प्रतिक्रिया व्यक्त गरेको छ । रुस र कुनै नयाँ जर्मन सरकारबीचको सम्बन्ध कसरी विकसित हुन्छ भनेर पर्खनु पर्ने रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले जनाएको छ । ’जर्मनीमा नयाँ सरकार बनेपिच्छे हामी वास्तविकताका लागि थप शान्त दृष्टिकोणका लागि आशा गर्न चाहन्छौं, पारस्परिक हितका मुद्दा, पारस्परिक लाभ के हुन सक्छन् भन्ने बारे थप दृष्टिकोणका लागि । तर वास्तविकतामा के हुन्छ हेरौं,’ क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन् ।




भर्खरै