• ८ आश्विन २०८०, सोमबार
  •      Mon Sep 25 2023
  •   Unicode
Logo
Latest
★   बाजुरामा भाइरल ज्वरोको कारणले दुई जनाको मृत्यु ★   गैँडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ ★   सडक व्यापार व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकालाई दबाब दिन मिल्दैन: सुनिता डंगोल ★   भोलिबाट इन्द्रजात्रा शुरु हुने, २० जना विदेशी पाहुना आउने ★   कोशी प्रदेश: मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ★   कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ★   सडकमै सुतेर शिक्षकहरुले गरे आन्दोलन– तस्बिरहरु ★   धावक बैकुण्ठ मानन्धरलाई १५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान-२०८०’ प्रदान गरिने ★   कुलेश्वरमा ७० हजार किलो चिनी भण्डारण गरिएको गोदाम सिल ★   माल्दिभ्सविरूद्ध नेपाललाई २-० को अग्रता

पूर्वमन्त्री घिमिरेलाई ‘परशुराम–शकुन्तला स्मृति सम्मान’



काठमाडौ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरेलाई यस वर्षको ‘परशुराम–शकुन्तला स्मृति सम्मान’ ले सम्मानित गरिएको छ ।

प्रत्येक वर्ष दिइने यो पुरस्कार यस वर्ष पूर्वी पहाडको दुर्गम स्थानमा जन्मेर पनि प्राविधिक विशेषज्ञता, समाजसेवा, समाजोपयोगी आध्यात्मिक चेतना र राजनीतिक नेतृत्वसमेत लिई योगदान गर्नुभएका, आफ्ना विचार निर्भीकतापूर्वक सम्प्रेषण गरी रूपान्तरणका पक्षमा योगदान गरिरहनुभएका घिमिरेलाई सम्मान गर्ने निर्णय गरिएको परशुराम शकुन्तला स्मृति प्रतिष्ठानले जनाएको छ ।

‘परशुराम–शकुन्तला स्मृति सम्मान’ द्वारा सम्मानित व्यक्तित्व घिमिरेले धर्म, संस्कृतिको संरक्षणका लागि कतैबाट काम नभएका बेला विभिन्न पुरस्कार एवं सेवाका माध्यमबाट प्रतिष्ठानले गरेका कामको प्रशंसा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष काशीराज दाहालले समाजमा कानुन स्थापना र राजनीतिमा नैतिक पक्ष सबल बनाउन शिक्षाले ज्ञान, विवेक र नैतिकता प्रदान गर्ने बताउनुभयो । नीतिले शुद्धता प्रदान गर्न सक्नुपर्ने र न्यायले नैतिक मूल्ययुक्त समाजका बारेमा सोच्नुपर्ने उहाँको भनाइ थियो । 

प्रतिष्ठानले हरेक वर्ष समाजमा सामाजिक रूपान्तरण, समुन्नत समाज निर्माण र धार्मिक सांस्कृतिक मूल्य मान्यता जगेर्नाका लागि विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने परम्पराको थालनी गरेको छ । प्रा डा रामप्रसाद दाहाललगायत वक्ताले सेवा नै धर्म भएकाले यस्ता गतिविधिलाई निरन्तरता दिने बताउनुभयो । 

सो अवसरमा विभिन्न विद्यार्थीलाई यस वर्ष प्रतिष्ठानले दिने छात्रवृत्तिको घोषणा पनि गरिएको थियो । दाहाल परिवारले आफ्ना मातापिताको नाममा प्रतिष्ठान स्थापना गरेर समाज सेवाका काम गर्दै आएको जनाइएको छ । रासस