२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्षय कुमारले गरे महाकुम्भमा स्नान



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले सोमबार प्रयागराजमा महाकुम्भको अवसरमा संगममा स्नान गरेका छन् ।

आज महाकुम्भको ४३ औं दिन । अब कुम्भ समाप्त हुन २ दिन मात्रै बाँकी छ ।

यसैबीच, अभिनेता प्रयागराज पुगेका धेरै फोटो र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नुहाएर पूजा गरेपछि अभिनेताले उत्तर प्रदेश सरकारको व्यवस्थापनको प्रशंसा गरे । उनले भने– ‘यस्तो राम्रो व्यवस्थापनको लागि म सीएम योगीलाई धन्यवाद दिन्छु ।’

अक्षयले कडा सुरक्षाबीच त्रिवेणी संगममा स्नान गरेका हुन् ।

यसैबीच, अभिनेत्री कटरिना कैफ पनि सोमबार प्रयागराजको महाकुम्भमा पुगेकी थिइन् । सामाजिक सञ्जालमा अभिनेत्रीका केही तस्बिर पनि सार्वजनिक भएका छन् ।

महाकुम्भमा बलिउडका धेरै कलाकार पुगे
महाकुम्भ १३ जनवरीबाट सुरु भएको थियो । यस अवधिमा धेरै बलिउड कलाकारहरू प्रयागराज पुगेका थिए । संगममा अनुपम खेर, सोनाली बेन्द्रे, मिलिन्द सोमन, रेमो डिसुजा, तमन्ना भाटिया, गुरु रन्धावा, पूनम पाण्डे, हेमा मालिनी, तनिषा मुखर्जी, निम्रत कौर लगायतका बलिउड कलाकारहरुले स्नान गरेका थिए ।