काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलको टिकट दर दोब्बर बढी भएको छ ।
यसअघि भिआइपी पाराफिटतर्फ १ हजार र साधारणतर्फ ५ सय रुपैयाँको टिकट दर राखिएकामा फाइनलका लागि उक्त रकम बढेर भिआइपीका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम हो ।
एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको जनाइएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फा (एन्फा)ले जारी गरेको टेण्डरमा नेपाल फाइनलमा पुगेको खण्डमा २ हजार र १ हजार टिकट मुल्य रहने भनिएको र सोही अनुरूप मुल्य बढेको एन्फाले जनाएको छ ।
टिकट दर बढे पनि टिकेटिङ अधिकार प्राप्त ब्रान्ड लजिकले भने १ हजार र ५ सय नै प्राप्त गर्नेछ भने वृद्धि भएको १ हजार र ५ सय रकम फुटबल विकासको लागि एन्फालाई उपलब्ध हुने बताइएको छ ।
च्याम्पियनसिपको फाइनल बुधबार हुँदैछ । उपाधिका लागि घरेलु टोलि नेपाल र म्यानमारले प्रतिस्पर्धा गर्दैछन् ।










