एजेन्सी । पाकिस्तानी टोलीका पूर्व क्रिकेटर शोएब अख्तरले भारतसँगको लज्जास्पद हारपछि पाकिस्तानी खेलाडीलाई गाली गरेका छन् । च्याम्पियन्स ट्रफी २०२५ को पाँचौं खेलमा भारतीय टोलीले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो ।
यो खेलपछि शोएब निराश देखिए । खेलपछि उनले व्यवस्थापनले गरेको छनोट निर्णय र वर्तमान पाकिस्तानी टोलीमा गुणस्तरको कमीलाई हेर्दा यस्तो भएको बताए ।
सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै पाकिस्तानी खेलाडीहरूको आलोचना गरे । उनले भनेका छन्, ‘मानिसहरुले सोचेका होलान् म निकै निराश भएको छु । म कत्ति पनि निराश छैन । यो किनभने मलाई पहिले नै थाहा थियो यो हुन गइरहेको थियो । संसारमा छ वटा बलर खेलाइएको छ र तपाईले पाँचलाई पनि व्यवस्थापन गर्न सक्नुहुन्न । तपाईं अलराउन्डरहरूसँग जानुहुन्छ, मलाई थाहा छैन तपाईं के सोच्दै हुनुहुन्छ ।’
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा भारतीय टोलीले ४५ बल बाँकी रहँदा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको थियो । लगातार दोस्रो हारसँगै पाकिस्तानी टोली च्याम्पियन्स ट्रफी २०२५ को समूह ‘ए’ को अन्तिम स्थानमा पुगेको छ । अब च्याम्पियन्स ट्रफीको सेमिफाइनल पुग्ने पाकिस्तानी टोलीको बाटो निकै कठिन भएको छ ।










