१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला च्याम्पियनसिपः लेबनानको सान्त्वना जित, किर्गिस्तान जितबिहिन



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा लेबनानले सान्त्वना जित निकालेको छ ।

दशरथ रंगशालामा केहीबेरअघि सम्पन्न आफ्नो अन्तिम खेलमा लेबनानले किर्गिस्तानलाई २–० गोलले हराएको हो । लेबनानका लागि क्रिस्टी मालोफ र म्या रोजले गोल गरे ।

प्रतियोगितामा लेबनानको पहिलो जित हो । यसअघि भएका दुवै खेलमा लेबनान पराजित भएको थियो । अर्कोतर्फ किर्गिस्तान भने जितबिहिन रहँदै घर फर्किएको छ ।

अंकतालिकामा लेबनान तेस्रो र किर्गिस्तान पुछारमा रहे । आजको दोस्रो खेलमा नेपालले म्यानमारको सामना गर्दैछ । उक्त खेल साँझ ६ बजे सुरु हुनेछ ।