१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द News Polar संसदीय समितिमा न्याय प्रणाली सुधारको बहसः महिला सुरक्षादेखि मेलमिलाप परिषद्को नेतृत्वसम्म प्रश्न News Polar फौजदारी मुद्दामा मिलापत्र कानूनतः दण्डनीयः मन्त्री गौतम News Polar ‘सिटी लाइब्रेरी’ र ‘सिटी म्युजियम’ महानगरपालिकाको छविसँग जोडिएका संरचना हुन्, यी संरचना स्थापना र सञ्चालन हामी आफैँ गर्छौँ’ – कार्यवाहक प्रमुख, डंगोल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar स्वीफ्ट टेक्नोलोजीलाई आइएमई ग्रुप सिनर्जी कपको उपाधि News Polar विपद् प्रभावितलाई तत्काल राहत दिन कानुन संशोधन गर्नुपर्छ : आङदेम्बे News Polar मलेसियाबाट सुरु भएको श्रम सिन्डिकेट अन्य मुलुकमा पनि फैलिन सक्छ : अध्यक्ष खत्री

सरकारले बौद्धिक सम्पति संरक्षणको लागि नयाँ कानुन बनाइ रहेको छ- सचिव पोखरेल (भिडियो सहित)

सरकारले बौद्धिक सम्पति संरक्षणको लागि नयाँ कानुन बनाइ रहेको छ- सचिव पोखरेल (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले बौद्धिक सम्पति संरक्षणको लागि नयाँ कानुन बनाइ रहेको बताउनु भएको छ । 

बिहीबार बौद्धिक सम्पति संरक्षण समाज नेपालको ९ औं वार्षिक साधरणसभामा बोल्दै सचिव पोखरेलले सरकारले बौद्धिक सम्पति संरक्षणको लागि नयाँ कानुन  बनाइ रहेको बताउनु भएको हो । उहाँले सरकारले बौद्धिक सम्पति संरक्षणको लागि नीतिमा समावेश नभएका कुरा कानुनमा समावेश भएर आउने  बताउनुभयो ।  सचिव पोखरेलले यो विषयमा सरकार गम्भिर भएर लागेको भन्दै कानुन सम्पादन भएर कानुन मन्त्रालयमा पुगेको बताउनुभयो । नीजि क्षेत्रले अब डेलिभरी र सर्भिसको क्षमता नबढाए कुनै पनि क्षेत्रको विकास र विस्तार नहुने बताउनुभयो ।

सचिव पोखरेलले भन्नुभयो,‘ बौद्धिक सम्पति संरक्षणको लागि सरकार लगानीकर्ताहरुको भन्दा बढी चिन्ता गरेको छ । सरकारले सरोकारवाला निकायहरुको चिन्ता चासोलाई गम्भिर रुपमा लिएको छ। त्यसैले सरकार नयाँ कानुन निर्माणको प्रक्रियामा रहेको छ । अहिले कानुन निर्माणको चरणमा कानुन मन्त्रालयमा पुगेको छ । कानुन मन्त्रालयबाट चाडै संसद्मा पेश गर्ने तयारीमा छौंँ । संसद्को प्रक्रिया पुरा गरेर अगाडि नै बनेको नीतिमा समावेश गर्न बाँकी ऐन समावेश हुन्छ। अहिले बनेको नीतीमा सबै कुरा प्राप्त छैन् । सरकारले नीती तथा कानुन बनाइ रहँदा व्यवसायीहरुले बस्तुको डेलिभरी सर्भिसको क्षमता वृद्धि गर्नु पर्छ । यति डेलिभरी सर्भिसको क्षमता नबढाए कुनै पनि क्षेत्रको विकास विस्तार हुनसक्दैन । सरकार बौद्धिक सम्पति संरक्षणको लागि सहकार्य गर्न तयार रहेको छ ।’

त्यस्तै, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुलुकको अर्थतन्त्र स्कुस, गिट्टी र वालुवा बेचेर चलाउँछु भन्नेले बौद्धिक सम्पतिको संरक्षण गर्न नसक्ने बताउनुभयो । उहाँले बौद्धिक सम्पतिलाई हेला नभएर संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । श्रेष्ठले गिट्टी र वालुवा बेचेर मुलुकको अर्थतन्त्र चलाउँछु भन्ने विषय विरोधाभास भएको बताउनुभयो । उहाँले सरकारले बौद्धिक सम्पतिलाई प्रोसाहन दिएर अझ बलियो बनाए मात्रै अर्थतन्त्र पनि बलियो बन्ने बताउनुभयो । अब सरकारले उद्योग व्यवसायमा मात्रै नभएर बौद्धिक सम्पतिको संरक्षणको अनुसन्धानमा ठूलो लगानी गर्नु उहाँले सुझाव दिनुभयो । श्रेष्ठले नेपालमा बौद्धिक सम्पतिको संरक्षणको लागि ऐन तथा कानुन नभएको बताउनु भयो ।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, ‘अब सरकारले अनुसन्धानमा लगानी बढाउनुपर्छ । अनुसन्धानमा लगानी गरेमा मात्रै नेपालको बौद्धिक सम्पतिको संरक्षण हुन सक्छ। बौद्धिक सम्पतिलाई हेला गर्नु भनेको देशलाई हेला गर्नु हो । नेपालको अर्थतन्त्र सानो छ। तर स्कुस,गिट्टी र वालुवा बेचेर मुलुकको अर्थतन्त्र चलाउँछु भन्नेले बौद्धिक सम्पतिको संरक्षण गर्न सक्दैन । गिट्टी र वालुवा बेचेर मुलुकको अर्थतन्त्र चलाउँछु भन्ने विषय विरोधाभास छ । सरकारले बौद्धिक सम्पतिलाई प्रोसाहन दिएर अझ बलियो बनाए मात्रै अर्थतन्त्र पनि बलियो बनसक्छ । नेपालमा बौद्धिक सम्पतिको संरक्षणको लागि ऐन तथा कानुन छैन । नीती बने तर कहिल्यै ऐनमा परिणत भएनन्। थोक्रा ऐन लिएर बस्दा देशलाई नै लाज लाग्ने अवस्था आएको छ । सरकारले यसलाई सुधार गदै जानुपर्छ ।’

त्यस्तै, अर्थविद् डा। पोषराज पाण्डेले व्यापार तथा वस्तुको सर्भिसमा भित्रिएको नयाँ प्रविधि नेपालको व्यापार नीतिमा आउन नसकेको बताउनुभयो । उहाँले पछिल्लो समय विश्वमा व्यापार आधुनिक मोडलमा गएको बताउनु भयो । अहिले विभिन्न वस्तुको सर्भिसमा आमुल परिर्वतन भएको भन्दै उहाँले नेपालको व्यापार नीतिमा  त्यो प्रविधिलाई नीतिमा समावेश गर्न नसकेको बताउनुभयो । उहाँले अहिलेका पछिल्ला पिडीका वकिलहरुले समेत नयाँ प्रविधिको एक शब्द समेत नीतिमा समावेश नगरेको आरोप लगानुभयो । डा।पाण्डेले पछिल्लो चार वर्ष अगाडि बनेको नीतिमा बौद्धिक सम्पति व्यापारसँग सम्बन्धित नभएको भन्ने विषय गलत भएको बताउनु भयो । उहाँले व्यापार नहुने बस्तुको कुनै पनि मूल्य नहुने भएकाले मूल्य नभएका बस्तु सम्पति पनि नहुने तर्क गर्नु भयो ।

डा।पाण्डेले भन्नुभयो, ‘अहिले व्यापारमा नयाँ आधुनिक मोडलमा समेत परिर्वतन भएको छ । विश्वमा विभिन्न वस्तुको सर्भिसमा समेत परिर्वतन भएको छ । तर नेपालको व्यापार नीतीमा नयाँ प्रविधिलाई समावेश गर्न सकेको छैन । सन् २०१७ सालमा बनेको नीतिमा समेत नयाँ प्रविधिका विषयमा एक शब्द समेत समावेश गरिएको छैन । यसले पनि बौद्धिक सम्पतिको संरक्षणको प्रयोगमा नयाँ प्रविधिसँग जोड्न सकिएको छैन । यसको नीतीमा समेत नयाँ प्रविधिको विषय  राखिएको छैन । त्यो नीतिमा बौद्धिक सम्पति व्यापारसँग सम्बन्धित नभएको उल्लेख गरिएको छ । यो विषय कुन अर्थमा राखियो थाहा भएन । तर, कुनै पनि बस्तुको व्यापार हुँदैन भने त्यसको मूल्य नै हुँदैन । कुनै पनि वस्तुको मूल्य मापन हुँदैन त्यो सम्पति पनि हुँदैन । सरकारले बौद्धिक सम्पतिको संरक्षणमा आवश्यक नीती ल्याउनु जरुरी छ ।’

डा।पाण्डेले नेपालमा नीति बनेपनि कानुन बन्न नसक्दा समस्या आउने गरेको बताउनु भयो । उहाँले त्यसको लागि सरकारले समय अनुसारको कानुन निर्माणको लागि पहल गर्नु आवश्यक भएको बताउनु भयो ।