२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केपी ओली कप’ हेर्न विश्वकप च्याम्पियन इटालीका लेजेन्ड बुफोन नेपाल आउँदै



अ+ अ-

काठमाडौँ । आउँदो आइतबारबाट सुरु हुन लागेको केपी ओली कप फुटबल च्याम्पियनसिप हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बुफोन नेपाल आउने भएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन गइरहेको ओली कप फुटबलको खेल हेर्न उनी नेपाल आउन लागेका हुन् । उनी करिब एक साता नेपालमा बस्ने बताइर्एको छ ।

सन् २००६ मा इटालीले विश्वकप जित्दा महत्त्वपूर्ण सदस्य रहेका बुफोन नेपाल आउने भएपछि ओली कप फुटबलको रौनकता फरक हुने युवा संघले जनाएको छ ।

इटालीले सन् २००६ मा फ्रान्सलाई हराएर विश्वकपको उपाधि जित्दा बुफोन प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिएका थिए । उनले इटालीबाट १७६ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन् ।

सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका बुफोनले सन् २०१८ मा सन्न्यास लिएका थिए । उनले व्यावसायिक फुटबलबाट भने सन् २०२३ मा सन्न्यास लिएका थिए ।

प्रतियोगितामा २ विदेशीसहित ९ टोलीको सहभागिता रहनेछ । ११ गतेबाट सुरु हुने प्रतियोगीताको उद्घाटन खेलमा आहा रारा पोखरा गोल्डकप विजेता उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी र एपिएफबीच हुनेछ ।

सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा तथा अन्य खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ तथा उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । यस्तै, प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पाउनेछन् ।