२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजातन्त्र दिवसमा निःशुल्क मुटु परीक्षण



अ+ अ-

महोत्तरी। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बर्दिबासस्थित रोटरी क्लबले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा बर्दिबास नगरक्षेत्रका विद्यालयका छात्रछात्राको मुटु परीक्षण गरेको छ ।

बिहीबार सम्पन्न शिविरमा नगरका ११ विद्यालयका पाँच हजार ६७८ छात्रछात्राको मुटु परीक्षण गरिएको थियो । वरिष्ठ हृदयरोग विशेषज्ञ डा अवनीभूषण उपाध्याय, डा प्रेमराज वैद्य र डा प्रकाशराज रेग्मीसहितको १५ सदस्यीय टोलीले शिविर सञ्चालन गरेको हो ।

सामाजिक सेवा समाजका हरेक वर्गको दायित्व भएको स्मरण गराउँदै डा उपाध्यायले त्यही दायित्व निर्वाह गर्ने सिलसिलामा आफूहरुले शिविर सञ्चालन गरेको राससलाई बताए ।