३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबलर एरिक विष्ट कोरोना मुक्त



अ+ अ-

काठमाडौं । नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि फागुन अन्तिम साता राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परिक्षण भएको थियो । ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा एक खेलाडी एरिक विष्टको रिपोर्ट पोजेटिभ देखिएको थियो । १९ दिन लामो आइसोलेसन बसाई पछि गरिएको कोरोना परिक्षण पछि अहिले एरिक विष्ट कोरोना मुक्त भएका छन् ।

सरकारले निषेधाज्ञा जारी गर्नु अगाडी नै नेपालमा हुने कतार विश्वकप छनोटको दोस्रो लिगका लागि फुटबलको अभ्यास सुरु गर्ने तयारी गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेअनसार सुरक्षाका मापदण्ड अपाउँदै खेलाडीहरुलाई अभ्यासमा फर्काउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको थियो । तर समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएसँगै प्रशासनले निषेधाज्ञा गरेपछि अभ्यास स्थगित भएको थियो । अभ्यास अगाडी गरिएको पीसीआर परीक्षणमा ३४ जना खेलाडी मध्ये एरिक विष्टलाई कोरोना पोजेटिभ देखिएको थियो । अभ्यासपूर्व गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपनि कुनै लक्षण भने नदेखिएको उनले बताए ।

१९ दिन पछि अहिले उनी कोरोना मुक्त भएका छन् । घरायसी बसाईलाई नै आइसोलेसन बनाएका एरिकले अहिले कोरोनालाई जितेका छन् । बुधबार टेकु अस्पतालले कोरोना पुनः परिक्षणको रिपोर्ट नेगेटिभ आएको भन्दै खबर गरेको उनले बताए । बीचको अवधिमा सबै तिर कोरोना भएको भन्दै आफन्त र साथी भाइले सोध्दा आपूm खिन्न भए पनि मनोबललाई उच्च राख्न इन्टरनेटको सहायता लिएको र उच्च मनोबलकै कारण कोरोनालाई जित्न सफल भएको उनको अनुभव छ ।

विष्टले कोरोना सामान्य फ्लू भएको र यसबाट बच्नका लागि सामाजिक दूरीलाई कायम राख्नु पर्ने सुझाव दिएका छन । मानिसमा पोजेटिभ देखिने वित्तिकै डराउनु नपर्ने उनको भनाई छ । यस अघि स्क्वासका एक प्रशिक्षकमा पनि कोरोना पोजेटिम देखिएको थियो । हाल उनी अहिले मुक्त भइसकेका छन ।