२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले स्ववियु निर्वाचनमा उम्मेदवारी नदिने



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवारी नदिने भएको छ ।

आगामी ५ चैतमा त्रिविका सम्बन्धन र आंगिक क्याम्पसहरूमा हुन लागेको स्ववियु चुनावमा रास्वपाले दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको हो ।

स्ववियु चुनावमा रास्वपाका तर्फबाट उम्मेदवार नहुने कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । उनले भने, ‘स्वतन्त्र विद्यार्थी युनियन स्वतन्त्र नै हुनुपर्दछ । त्यसैले स्वतन्त्र भएर शैक्षिक हितको लागि काम गर्ने विद्यार्थी नेताहरू निर्वाचित हुनुपर्दछ । दलीय हिसाबले हुनु हुँदैन । स्वतन्त्र रूपमा उठेका उपयुक्त पात्रलाई समर्थन गर्न पार्टीले आह्वान गर्छ ।’

स्ववियुमा विद्यार्थी हक हित, शैक्षिक वातावरण सुधार लगायका काममा क्रियाशील विद्यार्थी नेताहरू विजयी हुनुपर्ने बुर्लाकोटीले बताए ।

स्ववियु निर्वाचन आंगिकतर्फ ६२ र सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा हुने भनिएको छ ।