१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

च्याम्पियन्स ट्रफी: भारत र बंगलादेशबिच प्रतिस्पर्धा हुँदै

च्याम्पियन्स ट्रफी: भारत र बंगलादेशबिच प्रतिस्पर्धा हुँदै
अ अ+ अ-

एजेन्सी । आइसिसी च्याम्यिन्स ट्रफीमा बिहीबार भारत र बंगलादेशबिच प्रतिस्पर्धा हुँदैछ । यूएईको दुवई क्रिकेट स्टेडियममा हुन लागेको खेल नेपाली समय अनुसार अपराह्न २ः४५ बजेबाट सुरु हुनेछ ।

भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि सेन्ट्रल भेन्यू यूएईमा उसका खेल हुन लागेका हुन् । भारतले नखेलेका खेलहरु भने सबै पाकिस्तानमा हुनेछन् ।

भारत पछिल्लो पटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफीको उपविजेता बनेको थियो । उक्त खेलको फाइनलमा भारत पाकिस्तानसँग पराजित भएको थियो ।
यस्तै, भारतले सन् २००२ मा श्रीलंकासँग उपाधि बाँडेको थियो भने सन् २०१३ मा इङ्ग्ल्याण्डलाई हराउँदै उपाधि जितेको थियो ।

यसअघि ६ पटकसम्म च्याम्पियन्स ट्रफी खेलेको बंगलादेश भने सन् २०१७ मा सेमिफाइनलमा पुगेको थियो ।

भारतको टोली

रोहित शर्मा (कप्तान), विराट कोहली, केएल राहुल, शुभमन गिल, श्रेयस अय्यर, ऋषभ पन्त, हार्दिक पान्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, वशिंगटन सुंदर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद शामी, अर्शदीप सिंह, वरुण चक्रवर्ती।

बंगलादेशको टोली

नजमुल हुसेन शान्तो (कप्तान), मुश्फिकुर रहीम, मेहदी हसन मिराज, सौम्य सरकार, तन्जीद हसन, तौहिद हृदय, महमुदुल्लाह, जाकर अली, रिशाद हुसैन, तस्किन अहमद, मुस्ताफिजुर रहमान, परवेज हुसैन, नासुम अहमद, तन्जीम हसन साकिब र नाहिद राना।