
काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बिहीबार सुनको मूल्य अघिल्लो रेकर्ड बराबर पुगेको छ । आज सुन प्रतितोला पाँच सय रुपैँयाले बढ्दै कात्तिक १५ गते बनेको रेकर्डसँग बराबरी भएको हो ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार उक्त सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढ्दै एक हजार नौ सय ९५ मा कारोबार भईरहेको महासंघले जनएको छ ।