१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’

वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छः प्रधानन्यायाधीश राउत

वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्छः प्रधानन्यायाधीश राउत
अ अ+ अ-

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले वर्तमानलाई समृद्ध बनाउन इतिहास बचाउनुपर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ऐतिहासिक धरोहरलाई संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ भएको उल्लेख गर्नुभयो । उहाँले यिनै धरोहरबाट भविष्यको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यदी वर्तमानलाई समृद्ध बनाउनु छ भने हरेकले आफ्नो इतिहास बचाउनुपर्छ । ऐतिहासिक धरोहरलाई संरक्षण र संवद्र्धन गर्नुपर्छ । ऐतिहासिक धरोहर नै आजको वर्तमानका आधार स्तम्भ हुन् । यिनै धरोहरबाट भोलिको बाटोलाई सुगम र निश्चित तथा निर्दिष्ट बनाउने काममा मद्दत पुग्छ ।’

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले नेपालमा कानूनको पालना गराउने र कानूनी सर्वोच्चताको वकालत गर्ने संस्थाहरु कमजोर बन्दै गएको बताउनु भयो । अदालत जस्ता संस्थालाई बलियो बनाउन राजनैतिक प्रतिवद्धता पनि कमजोर रहेको उहाँको जिकिर छ । यस्तो खालि अवस्थालाई वदनियत राख्नेहरुले प्रयोग गर्नसक्ने खतरा रहेको उहाँको भनाइ छ । कानूनी प्रणाली बलियो बनाएर मात्र जग बलियो हुने भन्दै उहाँले जग बलियो कसरि बनाउने भन्ने विषय इतिहाँसबाट सिक्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जतिखेर ठूलोठूलो लिगल सिस्टमलाई स्प्रेडओभर गर्ने संस्थाहरु कमजोर हुन्छन् । जस्तो कमन ल सिस्टम । मैले कमजोर भनेको छैन तर त्यसपछिको पोल्टिकल वा इम्पेरियल ब्याकिङ कमजोर हुन्छ, त्यसपछाडि मान्छेहरु आफ्नो सिस्टम खोज्न थाल्छन् । एउटा भ्याकुमक्रिएट हुन्छ । मैले त्यस्तो अवस्था आयो त भनेको होइन । तर त्यसको फाउण्डेशन बनाइराख्नुपर्छ । हाम्रो लिगल सिस्टमको फाउण्डेशन बनाइराख्नुपर्छ । त्यो भनेको हाम्रो इतिहासको अभिलेखबाट सम्भव हुन्छ ।’

नेपाल कानून पत्रिका (पुरानो अंक), प्रधानन्यायालय २००९, विमोचन कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले ढिलो भएपनि इतिहासको अभिलेख गर्ने काम शुरु हुनु खुशीको कुरा भएको बताए । न्याय सम्पादन गरिएका कुराहरु पहिला जस्तो राम्रोसँग लेख्ने प्रचलन ९लेखन शैली० बिग्रिएको उनीहरुको गुनासो छ । जुन राष्ट्र र जातिले आफ्नो इतिहास बिर्सिन्छ उसको उन्नति प्रगति नहुने बताए । इतिहासलाई जोडेर मात्रै देश विकास सम्भव रहेको बताए ।