२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा आज मुम्बई उच्च अदालतमा सुनुवाइ



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा बुधबार मुम्बई उच्च अदालतमा सुनुवाइ हुँदैछ । शिवसेना (उद्धव गुट) का विधायक आदित्य ठाकरेको नाम उच्च अदालतमा दायर जनहित याचिकामा छ ।

जसमा सुशान्तकी पूर्व म्यानेजर दिशा सालियनको मृत्युको छानबिन गर्न माग गरिएको छ । यो याचिका भारतको सर्वोच्च अदालत र उच्च न्यायालय लिटिगेन्ट्स एसोसिएसनले २०२३ मा दायर गरेको थियो

३ दिनअघि सुशान्तका बुवा केके सिंहले सुशान्त मृत्युको ३–४ दिनअघि घर आएको र त्यस्तो केही नभएको बताएका थिए । यो घटनाको वास्तविकता र दोषी को थिए भन्नेमा अब बाहिर आउने आशा छ । अदालतबाट न्याय मिल्नेमा सुशान्तका बुबा आशावादी छन् ।

सुशान्त सिंह राजपुत १४ जुन २०२० मा बान्द्रास्थित आफ्नै घरमा मृत फेला परेका थिए । सुरुमा यो आत्महत्याको घटना देखिए पनि पछि मिडिया र विपक्षी दलको दबाबका कारण यस प्रकरणको अनुसन्धान सीबीआईलाई सुम्पिएको थियो ।

सीबीआईको अन्तिम प्रतिवेदनमा मृत्युको वास्तविक कारण आत्महत्या भएको बताइएको छ ।

सुशान्तको मृत्यु हुनुभन्दा केही दिनअघि ८ जुनमा मुम्बईको मलाडस्थित एउटा भवनको १४ औं तलाबाट खसेर उनको म्यानेजर दिशा सालियनको मृत्यु भएको थियो । दुबैको मृत्यु शंकास्पद थियो तर अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन ।