• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

रातो मच्छिन्द्रनाथको रथजात्रामा जे देखीयो, हेरौ यी तस्विरहरु



काठमाडौं । कोभिड–१९ संक्रमणको जोखिम रहेको बेला आज (बिहीबार) देखि रातो मच्छिन्द्रनाथको रथजात्रा शुरु भएको छ ।  

सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि कुनैपनि भेला गर्न, चाडपर्व, जात्रा मनाउन निषेध गरेको छ । तर पनि ललितपुरको पाटनका स्थानीयले रातो मच्छिन्द्रनाथको राथजात्राको साइत यस पछि नरहेको भन्दै आज राथजात्रा निकालेका हुन् । रथजात्रा निकाल्नका लागि स्थानीयहरुको भिड लागेको थियो । 

‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन शुरु भएर असार शुक्ल पक्ष चौथीसम्म मनाउने प्रचलन रहेको छ । तर यस वर्ष कोभिड १९ संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन आदेश जारी गरेपछि रथजात्रा निर्धारित साइतमा हुन सकेन । तरपनि साउन १० गते नागमपञ्चमीको दिन दिउँसो १२ बजेको शुभसाइतमा रातो मच्छिन्द्रनाथलाई रथमा बिराजमान गराइएको थियो ।

रथमा विराजमान गराइएको चारदिनपछि रथजात्रा शुरु गर्नुपर्छ । तर कोभिड १९ संक्रमणको जोखिम कम नभएपछि रजथात्रा पनि रोकियो । जात्रा नभएपछि स्थानीयले दैनिक रथ बिराजमान गराइएको ठाउँमा पुगेर पूजाआजा गर्दै आएका थिए ।