४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए

बन्दाबन्दीले सकसमा खेलाडी

बन्दाबन्दीले सकसमा खेलाडी
अ+ अ-

कञ्चनपुर । हरेक दिनजसो बिहान र साँझ खेलाडीहरुको चहलपहल रहने कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल र खुल्लामञ्च परिसर गत चैतयता सुनसान छन् । सरकारले कोरोना भाइरस न्युनीकरणका लागि जारी गरेको निषेधाज्ञायता महेन्द्रनगर मात्रै नभई सिङ्गो सुदूरपश्चिमको खेल गतिविधिमा शून्यता छाएको छ ।

यहाँस्थित बक्सिङ ओलम्पियन डम्बरदत्त भट्ट कोरोना कहरमा खेलाडीहरुले घरमै बसेर सामान्य व्यायाम गर्नुपर्नेमा जोड दिनुहुन्छ । “यस्तो विपत्तिमा जोगिने उपाय गर्ने हो”, उहाँले भन्नुभयो, “धेरै खेलाडीहरु तालिम÷प्रशिक्षण नहुँदा मानसिक तनावमा पनि छन् ।” राष्ट्रिय खेलकुद परिषद्ले केही दिनअघि केही खेलहरुमा प्रशिक्षण गराउने सुरसार गरे पनि हाललाई त्यो पनि स्थगन भएको उहाँको भनाइ छ । “साग प्रतियोगितामा नेपाली खेलाडीहरुको उत्कृष्ट प्रर्दशन रहेको थियो”, ओलम्पियन भट्टले भन्नुभयो, “लामो बन्दाबन्दीले खेलाडीमा नकारात्मक असर पार्छ नै ।”

यहाँ बिहान र साँझ सडक र खुल्ला मैदानमा फाट्टफुट्ट व्यायाम गरिरहेका मानिसहरु देखिए पनि खेल गतिविधि भने ठप्प नै छ । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले सरकारको निर्देशनअनुसार यहाँ तालिम प्रशिक्षण बन्द छन् । “खेलाडीहरु तालिम नभएर हतोत्साहित छन्”, उहाँले भन्नुभयो, “अब खेलाडीहरु खोज्न पनि गाह्रो पर्ने स्थिति आउन सक्छ ।” अहिलेको महाकष्टमा अन्य क्षेत्र झैँ खेलकुद पनि प्रभावित भएको कार्यालय प्रमुख भट्टले बताउनुभयो ।

कुस्तीका अन्तर्राष्ट्रिय खेलाडी सुरेश चुनाराले निषेधाज्ञा सकिएपछि पनि खेलाडीहरुलाई लयमा फर्किन समय लाग्ने बताउनुभयो । उहाँले नियमति प्रशिक्षण नहुँदा खेलमा धेरै समस्या भएको बताउनुभयो । “भएको खेल पनि खस्किने अवस्था आयो”, उहाँले भन्नुभयो, “यस्तो महामारीमा प्रशिक्षणका लागि हानथाप गर्ने कुरो पनि भएन ।” उहाँले कोरोना सामान्य बन्दै गएपछि खेलाडीहरुको प्रशिक्षण शुरु गर्ने विषयमा पनि योजनासहित सावधानी बढाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का रजत पदक विजेता खेलाडी विशाल सिंह विष्टले कोरोना कहरमा प्रशिक्षणमा समस्या भइरहेको बताउनुभयो । “प्रशिक्षणरत खेलाडीहरु यहाँको विभिन्न ठाउँमा छरिएर बसेका छन्”, उहाँले भन्नुभयो “को कहाँ कसको सम्पकमा हुन्छ थाहा नै हुँदैन ।” उहाँले आफूहरु चार÷पाँच जना खेलाडीहरु सेल्फ प्रशिक्षणमा जुटिरहेको बताउनुभयो ।