२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार जवाफदेही भएनः माओवादी सांसद बस्नेत



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकार जवाफदेही नबनेको आरोप लगाउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारका मन्त्रीहरुले संसदको रोष्ट्रमलाई राष्ट्रसेवकहरुका बारेमा तथानाम बोल्नका लागि प्रयोग गरेको आरोप लगाउनु भयो । उहाँले प्रतिपक्षले खबरदारी गर्नेकुरा स्वभाविक रहेको भन्दै सरकारले प्रतिप्रश्न गर्नेकुरा शोभनीय नहुने बताउनु भयो । ठेक्काहरुमा सेटिङ हुने गरेको भन्दै सरकारको जवाफ माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारका मन्त्रीज्युहरुले संसदमा आएर राष्ट्रसेवकको बारेमा किन प्रश्न उठाइदिएको भनेर हामीलाई प्रतिप्रश्न गर्नुभयो । बडो अचम्म छ । राष्ट्रसेवकहरुका बारेमा भण्डाफोर गर्ने, तथानाम बोल्ने यो संसदको रोष्ट्रम हो र मन्त्रीज्युहरुको लागि । यो त्यति शोभनीय भए जस्तो लागेन । प्रतिपक्षले त खबरदारी ग¥यो । यस्ता विषयहरु उठिरहेका छन् । यस्ता कामहर भइरहेका छन् । अहिले पनि सुन्नमा आएको छ । ठेक्काहरु भइरहेका छन्, रकम भुक्तानीका कुरा चलेका छन् । हरेक ठेक्कामा सेटिङका कुरा आएका छन् । यसबारेमा संसदलाई जवाफ दिनुपर्दैन । ओठे जवाफले पुग्छ ? प्रतिप्रश्नले पुग्छ ? सरकार उत्तरदायी र जवाफदेही हुनुपर्दैन ? संसदमा उठेका प्रश्नमा प्रतिप्रश्नले सन्तोष मिल्छ ?’

सांसद बस्नेतले अहिले सरकार प्रश्न गर्दा प्रतिप्रश्न गरिरहेको बताउनु भयो ।