१३ श्रावण २०८३, बुधबार
,
Latest
कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ मन्त्री बादी र युनिसेफ नेपालकी प्रतिनिधिबीच भेटवार्ता, बालविवाह अन्त्य र महिला–बाल अधिकार संरक्षणमा जोड चितवनकाे देवघाटमा शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु माईतीघरको डुबान अन्त्य गर्न ढल निकास फराकिलो बनाउने कार्य शुरुः ढल अतिक्रमण गरी बनाइएका संरचनामाथि… चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडको बजेट स्वीकृत निर्वाचन आयोगमा निर्णय प्रक्रिया अल्पमत र बहुमतका आधारमा नभई सर्वसम्मत हुनुपर्छः सांसद ढुंगाना सांसद विष्टको प्रश्नः निर्वाचन आचारसंहिता उल्लंघन भए प्रधानमन्त्रीलाई पनि अन द स्पट कारबाही गर्न सक्नुहुन्छ… १६ वर्षमै मतदानको अधिकार दिनुपर्छः रास्वपा प्रमुख सचेतक बुर्लाकोटी चिकित्सक र बिरामी दुवैको सुरक्षालाई समान प्राथमिकता दिँदै स्वास्थ्य मन्त्रालय दीर्घकालीन सुधारको तयारीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार जवाफदेही भएनः माओवादी सांसद बस्नेत



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकार जवाफदेही नबनेको आरोप लगाउनुभएको छ ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सरकारका मन्त्रीहरुले संसदको रोष्ट्रमलाई राष्ट्रसेवकहरुका बारेमा तथानाम बोल्नका लागि प्रयोग गरेको आरोप लगाउनु भयो । उहाँले प्रतिपक्षले खबरदारी गर्नेकुरा स्वभाविक रहेको भन्दै सरकारले प्रतिप्रश्न गर्नेकुरा शोभनीय नहुने बताउनु भयो । ठेक्काहरुमा सेटिङ हुने गरेको भन्दै सरकारको जवाफ माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारका मन्त्रीज्युहरुले संसदमा आएर राष्ट्रसेवकको बारेमा किन प्रश्न उठाइदिएको भनेर हामीलाई प्रतिप्रश्न गर्नुभयो । बडो अचम्म छ । राष्ट्रसेवकहरुका बारेमा भण्डाफोर गर्ने, तथानाम बोल्ने यो संसदको रोष्ट्रम हो र मन्त्रीज्युहरुको लागि । यो त्यति शोभनीय भए जस्तो लागेन । प्रतिपक्षले त खबरदारी ग¥यो । यस्ता विषयहरु उठिरहेका छन् । यस्ता कामहर भइरहेका छन् । अहिले पनि सुन्नमा आएको छ । ठेक्काहरु भइरहेका छन्, रकम भुक्तानीका कुरा चलेका छन् । हरेक ठेक्कामा सेटिङका कुरा आएका छन् । यसबारेमा संसदलाई जवाफ दिनुपर्दैन । ओठे जवाफले पुग्छ ? प्रतिप्रश्नले पुग्छ ? सरकार उत्तरदायी र जवाफदेही हुनुपर्दैन ? संसदमा उठेका प्रश्नमा प्रतिप्रश्नले सन्तोष मिल्छ ?’

सांसद बस्नेतले अहिले सरकार प्रश्न गर्दा प्रतिप्रश्न गरिरहेको बताउनु भयो ।




भर्खरै