२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूति गराउँछौंः भुवनेश्वर प्रहरी



अ+ अ-

काठमाडौँ । भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा पढ्ने नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणलाई लिएर त्यहाँको प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गर्ने र नेपाली विद्यर्थाीको सुरक्षा प्रत्याभूति गराउने जनाएको छ ।

भुवनेश्वर प्रहरी कार्यालयको कमिसनर कार्यालयले विज्ञप्ति जारी गर्दै आरोपी छात्र अद्विक श्रीवास्तवलाई पक्राउ गरी न्यायिक हिरासतमा पठाइएको पनि जानकारी गराएको छ ।

प्रहरीका अनुसार श्रीवास्तवको साथबाट इलेक्ट्रोनिक डिभाइस बरामद गरेर अनुसन्धान अघि बढाइएको छ । ‘श्रीवास्तवलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरिएको छ । हिरासतमा राखेर अनुसन्धान थालिसकेका छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले प्रकृतिको मोबाइल र ल्यापटपसँगै अन्य कागजात नियन्त्रणमा लिएको पनि जनाएको छ । केआईआईटीका नेपाली विद्यार्थीमाथि कुटपिटमा संलग्न रहेका दुई जना सुरक्षा गार्डलाई पनि प्रहरीले पक्राउ गरेको बताएको छ ।

४५ वर्षीय रमाकान्त नायक र २५ वर्षीय जोगेन्द्र बेहेरा पक्राउ परेका हुन् । उनीहरूलाई विश्वविद्यालयले सेवाबाट बर्खास्त गरिसकेको छ ।

केआईआईटी प्रशासनले नेपाली विद्यार्थीलाई कलिङ्गा इन्स्टिच्युटबाट निकाल्दा सुरक्षागार्डहरूले कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो ।

यसैबीच, आइतबार भएको घटनाप्रति दुःख व्यक्त गर्दै विश्वविद्यालयले नेपाली विद्यार्थीसँग माफी मागेको छ । यसअघि सोमबार पनि विश्वविद्यालयले माफी माग्दै नेपाली विद्यार्थीलाई पढाइमा फर्किन अपिल गरेको थियो ।