३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनी र स्पेनबीच रोमाञ्‍चक १–१ को बराबरी



अ+ अ-

पेरिस । अन्तिम समयमा गरेको गोलमा स्पेनले नेसन्स लिगको स्टुटगार्टमा भएको खेलमा जर्मनीलाई रोमाञ्चक १–१ को बराबरीमा रोकेको छ । प्रतियोगिताका खेलसँगै कोरोना भाइरस संक्रमणको महामारीपछि पहिलो पल्ट अन्तर्राष्ट्रिय फुटबल पनि फर्केको छ ।

लिग ए समूह फोरको खेलमा जर्मनीले चेल्सीका नयाँ अनुबन्धित खेलाडी टिमो वार्नरको गोलले अग्रता लिएको थियो । तर इन्ज्युरी समयको पाँचौं मिनेटमा लिड्सका जोसे लुइस गायाले स्पेनका लागि बराबरी गोल फर्काए ।

यसै समूहको अर्को खेलमा युक्रेनले स्विजरल्यान्डलाई २–१ ले हरायो । लिग बी समूह थ्रीमा रुसले सर्बियालाई ३–१ ले हरायो भने हंगेरीले टर्कीमाथि १–० को जित निकाल्यो । लिग बी ग्रुप फोरमा वेल्सले फिनल्यान्डलाई १–० हरायो । यसै समूहमा बुल्गेरिया र आयरल्यान्डले १–१ को बराबरी खेले । यस्तै लिग सी समूह थ्रीमा मोल्डोभो र कोसोभोले १–१ र स्लोभेनिया र ग्रिसले गोलरहित बराबरी खेले ।