एजेन्सी । दक्षिण कोरियाली अभिनेत्री किम से–रोनको निधन भएको छ ।
२४ वर्षीया अभिनेत्री फेब्रुअरी १६ मा आइतबार आफ्नो घरमा मृत फेला परेकी थिइन् । तर, उनको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
कोरिया जोङआङ डेलीको रिपोर्टका अनुसार किम से–रोनले आइतबार एक साथीलाई भेट्ने भनिएको थियो । जब उनका साथी उनीहरूको अपार्टमेन्टमा पुगे, उनले किमको शव फेला पारे । यसपछि तुरुन्तै प्रहरीलाई यस विषयमा जानकारी गराइएको थियो ।
किमले सन् २००९ मा ‘ए ब्रान्ड न्यू लाइफ’बाट आफ्नो करियर सुरु गरेकी थिइन् । उनले ‘द म्यान फ्रम नोवेयर’ (२०१०) मा दमदार अभिनय गरेकी थिइन् । उनले ‘द नेबर्स’ लगायत फिल्ममा काम गरेकी थिइन् । उनी हालै नेटफ्लिक्सको ‘ब्लडहाउन्ड्स’ (२०२३)मा पनि देखिएकी थिइन् ।










